विभिन्न २ वटा कम्पनीकाे साधारण सभा आज (चैत्र ५ गते, बिहीबार) हुँदैछ । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड र सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडकाे साधारण सभा बिहीबार हुन लागेकाे हाे ।
१. नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड
संस्थाकाे साताैँ वार्षिक साधारण सभा क्रिक रिसोर्ट, धादिङमा आज (चैत्र ५ गते, बिहीबार) बिहान १० बजेदेखि सुरू हुनेछ ।
सभामा आर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई २१ प्रतिशत बोनस शेयर र ६ प्रतिशत नगद (कर प्रयाेजनका लागि) गरि कुल २७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।
यसका साथै, सभामा संस्थाकाे सञ्चालक समितिकाे तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७६/७७ काे लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नाेक्सान हिसाब र साेहि अवधिकाे नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७७/७८ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डाहरू सभामा छलफल गरी पारित गरिनेछ ।
संस्थाले साधारण सभा तथा लाभांश वितरण प्रयाेजनका लागि फागुन १४ गतेदेखि चैत्र ५ गतेसम्म बुकक्लोज गरेको छ । त्यसैले, फागुन १३ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।
२. सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेड
संस्थाकाे नवाैँ वार्षिक साधारण सभा आज (चैत्र ५ गते, बिहीबार) बोगनभिल्ला इभेन्टस, त्रिपुरेश्वर, काठमाडाैँमा बिहान ११ बजेदेखि सुरू हुनेछ ।
सभामा आर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई हकप्रदपछि हाल कायम चुक्ता पुँजीकाे ३.५ प्रतिशत बोनस शेयर र ०.१८४२१ प्रतिशत नगद (कर प्रयाेजनका लागि) गरि कुल ३.६८४२१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।
यसका साथै, सभामा संस्थाकाे सञ्चालक समितिकाे तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७६/७७ काे लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नाेक्सान हिसाब र साेहि अवधिकाे नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७७/७८ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डाहरू सभामा छलफल गरी पारित गरिनेछ ।
त्यसैगरी, संस्थाले साधारण सभा तथा लाभांश वितरण प्रयाेजनका लागि फागुन २० गते एक दिन बुकक्लोज गरेको थियाे । त्यसैले, फागुन १९ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस