Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजार बढ्दा यी कम्पनीका लगानीकर्ता मालामाल

नेप्से

विहीबार, ०५ चैत्र २०७७, १५ : १५ मा प्रकाशित

सेयर बजार बढ्दा यी कम्पनीका लगानीकर्ता मालामाल

साताकाे अन्तिम काराेबार दिन आज (बिहीबार) पनि सेयर बजारमा हरियाली छाएकाे छ ।मंगलबारबाट बढ्दै गइरहेकाे सेयर बजारले बिहीबार पनि उकालाे यात्रा तय गरेकाे हाे । नेप्सेमा हरियाली देखिन थालेपछि लगानीकर्ताहरू पनि उत्साहित देखिन थालेका छन् ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (बिहीबार) सेयर कारोबार मापक नेप्से परिसूचक ४२.९५ अंकले बढेर २४७५.०९ मा पुगेकाे छ । नेप्से १.७७ प्रतिशतले बढेकाे हो । यस्तै सेन्सेटिभ परिसूचक ५.५५ अंकले बढेर ४४४.१५ मा पुगेको छ ।

कूल २१३ वटा कम्पनीकाे एक कराेड १६ लाख ५७ हजार ९ सय ७५ कित्ता सेयर खरिदबिक्री हुँदा  ४ अर्ब ६६ करोड १७ लाख ९२ हजार एक सय ८७ रुपैयाँको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

सेयर बजार बढ्दा ग्रीनलाइफ हाइड्रोपावर लिमिटेड, युनाइटेड इदी मर्दी आरबि हाइड्रोपावर लिमिटेड, चन्द्रागिरी हिल्स लिमिटेड, नेपाल बंगलादेश बैंक लिमिटेड, शिव श्री हाइड्रोपावर लिमिटेड, नारायणी डेभलपमेन्ट बैंक लिमिटेड, शिवम् सिमेन्ट लिमिटेड, नागरिक लगानी कोष, नबिल प्रगति फण्ड र राधी विद्युत कम्पनी लिमिटेडका लगानीकर्ताले सबैभन्दा बढी नाफा कमाएका छन् ।

60531de9d73ff.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको