Like us!
Follow us!
Connect us!
Watch us!

सनराइज ब्लूचिप फन्डमा लगानी गर्ने समय थप

अर्थ संसार

शुक्रबार, ०६ चैत्र २०७७, ११ : ०८ मा प्रकाशित

सनराइज ब्लूचिप फन्डमा लगानी गर्ने समय थप

सनराइज क्यापिटल लिमिटेडले चैत्र १ गते, आइतबारदेखि बिक्री खुल्ला गरेको सनराइज ब्लूचिप फण्ड नामक सामुहिक लगानी कोषमा आवेदन दिने म्याद थपिएको छ ।  यस फण्डमा अब चैत्र १६ गतेसम्म आवेदन दिन सकिनेछ । 

क्यापिटलले सनराइज म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने गरि सनराइज ब्लूचिप फण्ड नामक सामुहिक लगानी कोष खुल्ला गरेकाे हाे । क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई निष्कासन तथा बिक्री खुल्ला गरेकाे हाे । जसमध्ये कोष प्रवर्धक सनराइज बैंकलाई १५ प्रतिशत अर्थात् एक करोड ५० लाख इकाई सुरक्षित गरी बाँकी रहेको ८ करोड ५० लाख इकाई सर्वसाधारणलाई खुल्ला गरेकाे हाे । 

यस इकाईकाे बिक्री प्रबन्धकको काम सनराइज क्यापिटल लिमिटेडले गरेकाे छ । उक्त फण्डको इकाईमा लगानीकर्ताहरूले धितोपत्र बोर्डबाट आश्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो शेयरबाट पनि आवेदन दिन सक्नेछन् ।

फन्डले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

60543677cb25a.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको