Like us!
Follow us!
Connect us!
Watch us!

सनराईज क्यापिटलमा निशूल्क डिम्याट खाता, अनलाईनबाट पनि आवेदन दिन सकिने

अर्थ संसार

सोमबार, १६ जेठ २०७९, ०६ : ११ मा प्रकाशित

सनराईज क्यापिटलमा निशूल्क डिम्याट खाता, अनलाईनबाट पनि आवेदन दिन सकिने

सनराईज क्यापिटल लिमिटेडले निशूल्क डिम्याट खाता खोलिदिने भएको छ । क्यापिटलले नेपाल सरकारको “एक नेपाली, एक डिम्याट खाता अभियानलाई सार्थक बनाउन जेष्ठ १६ गतेदेखि असार मसान्तसम्म सम्पूर्ण ग्राहकहरुलाई निःशुल्क डिम्याट खाता खोल्ने सुविधा प्रदान गर्न लागेको जनाएको छ । 

यस अभियानबाट विशेषत पूँजी बजारभन्दा बाहिर रहेका गृहणी, विद्यार्थी तथा नयाँ लगानीकर्ताहरुलाई ्र फाइदा पुग्ने र सर्वसाधारणहरुको डिम्याट खाताको पहुँच बृद्धि हुने विश्वास क्यापिटलको छ । यो सुविधाको लागि सनराइज क्यापिटल लिमिटेडको कार्यालय कमलपोखरी, काठमाडौं तथा सनराइज बैंक लिमिटेडका सम्पूर्ण शाखा कार्यालयहरु र सनराइज क्यापिटलको वेवसाइटबाट समेत प्राप्त गर्न सकिनेछ ।

क्यापिटलको सूचनाः

62940f92437ed.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको