Like us!
Follow us!
Connect us!
Watch us!

सनराईज क्यापिटलले ४० प्रतिशत लाभांश वितरण गर्ने, डाक्यो साधारण सभा

अर्थ संसार

आइतबार, १७ असोज २०७८, ०६ : ५९ मा प्रकाशित

सनराईज क्यापिटलले ४० प्रतिशत लाभांश वितरण गर्ने, डाक्यो साधारण सभा

सनराईज क्यापिटल लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ ।

कम्पनीको असोज १० गते, बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार यस कम्पनीको एघारौँ वार्षिक साधारण सभा कार्तिक १२ गते, सनराईज क्यापिटल लिमिटेड, कमलपोखरी काठमाडौंमा दिउसोको २ बजेबाट सुरू हुनेछ ।

सभामा सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम चुक्ता पुँजीको ४० प्रतिशत ९करसहित० नगद लाभांश वितरण गर्न स्वीकृति प्रदान गर्ने प्रस्ताव पेश हुनेछ ।

त्यस्तै, सभामा कम्पनीको सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गरिनेछ । त्यस्तै, कम्पनीको आर्थिक वर्ष २०७८ असार मसान्तसम्मको लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गरिनेछ । सभामा आर्थिक वर्ष २०७८/७९ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक पनि तोकिनेछ ।

कम्पनीले प्रकाशन गरेको सूचना यस प्रकारको छः

615904ffc6ad6.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको