Like us!
Follow us!
Connect us!
Watch us!

सनराइज ब्लुचिप फन्डका इकाइहरुको बाँडफाँड सम्पन्न

अर्थ संसार

शुक्रबार, १३ चैत्र २०७७, १५ : ३८ मा प्रकाशित

सनराइज ब्लुचिप फन्डका इकाइहरुको बाँडफाँड सम्पन्न

सनराइज सामूहिक लगानी कोष अन्तर्गत सञ्चालन हुने ‘सनराइज ब्लुचिप फन्ड’ का इकाइहरुको बाँडफाँड आज शुक्रबार सम्पन्न भएको छ ।

दिउसो २ बजे सनराइज बैंक लिमिटेडका प्रतिनिधि लगायत अन्यको उपस्थितिमा सनराइज क्यापिटल लिमिटेडको केन्द्रिय कार्यलयमा फन्डका इकाइहरुको बाँडफाँड सम्पन्न गरिएको हो। 

प्रतिइकाइ १० रुपैयाँ अंकित दरको १० करोड इकाइ (बिज पुँजी वापत कोष प्रवर्द्धक सनराइज बैंकेडलाई छुट्टाइएको १ करोड ५० लाख इकाइसहित) गत चैत १ गतेदेखि चैत ८ गतेसम्म बिक्री खुला गरिएको थियो। जसमा ८ करोड ५० लाख इकाइ सर्वसाधारणका लागि निष्कासन गरिएको थियो ।

यो फण्डमा सर्वसाधारण लगायत बैंक, वित्तीय संस्था र इन्स्योरेन्स कम्पनीहरुबाट कुल ५६ हजार ५८ जना आवेदकबाट जम्मा १२ करोड ३७ लाख ६४ हजार ५४० इकाइका लागि आवेदन परेको थियो। जसमध्य ५३ हजार १ सय ४४ जना आवेदकबाट रितपूर्वक प्राप्त भएको ११ करोड ८६ लाख १९ हजथार ८४० इकाइका लागि स्वीकृत विवरणपत्रमा भएको व्यवस्था, सामूहिक लगानी कोष निर्देशिका, २०६९ तथा धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका २०७४ बमोजिम १०० कित्ता इकाइदेखि ३० लाख इकाइसम्म माग गर्ने ५३ हजार १७९ आवेदकलाई मागबमोजिम,  ५० लाख माग गर्ने ४ आवेदकलाई ४६ लाख ५ हजार २६ इकाइको दरले र १ करोड इकाइ माग गर्ने २ आवेदकलाई ४६ हजार ५ हजार २८ इकाइका दरले सर्वसाधारणको १० करोड ६२ लाख ५० हजार इकाइ बाँडफाँड गरिएको क्यापिटलले जनाएको छ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको