Like us!
Follow us!
Connect us!
Watch us!

सनराइज फर्स्ट म्युचुअल फण्डले आजबाट ५० प्रतिशत लाभांश खातामा पठाउने

अर्थ संसार

मंगलबार, २२ भदौ २०७८, १० : १० मा प्रकाशित

सनराइज फर्स्ट म्युचुअल फण्डले आजबाट ५० प्रतिशत लाभांश खातामा पठाउने

सनराइज म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सनराइज फर्स्ट म्युचुअल फण्डले भदौ २२ गते, मंगलबारबाट आफ्ना इकाईधनीहरुको बैंक खातामा लाभांश जम्मा गर्ने भएको छ ।

फण्डले नगद लाभांश वितरण गर्नको लागि भदौ १६ गते एक दिनका लागि बुक क्लोज गरेको थियो ।  त्यसैले भदौ १५ गतेसम्म नेप्सेमा कारोबार भई कायम इकाईधनीहरुले मात्र यो लाभांश प्राप्त गर्नेछन् । 

सनराइज फर्स्ट म्युचुअल फण्डले गत आर्थिक वर्षको नाफाबाट आफ्ना इकाईधनीहरूलाई करसहित ५० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको थियो ।

फण्डले हालसम्म हितग्राही खातामा बैंक खाता अद्यावधिक नगराएका इकाईधनीहरुलाई आफ्नो निक्षेप सदस्यकहाँ सम्पर्क राखी हितग्राही खातामा बैंक खाता अद्यावधिक गराउन आग्रह गरेको छ । त्यस्तै, फण्डको इकाई धितो राखेका इकाईधनीहरुलाई भने सम्बन्धीत बैंक तथा वित्तीय संस्थाबाट फुकुवा पत्र अनिवार्य पेश गरेपश्चात मात्र लाभांश वितरण गरिनेछ ।

फण्डको योजना व्यवस्थापक सनराइज क्यापिटल लिमिटेड रहेको छ ।

फण्डले प्रकाशन गरेको सूचना यस प्रकारको छः

6136ea54b37b2.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको