Like us!
Follow us!
Connect us!
Watch us!

निफ्राले दियो नेप्सेलाई यस्तो स्पष्टिकरण

अर्थ संसार

आइतबार, ०८ चैत्र २०७७, १२ : ४४ मा प्रकाशित

निफ्राले दियो नेप्सेलाई यस्तो स्पष्टिकरण

नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड(निफ्रा)ले नेपाल स्टक एक्सचेन्ज (नेप्से)लाई स्पष्टिकरण दिएको छ । बैंकले ३० मिलियन डलरको बोन्ड ल्याउने र लन्डन स्टक एक्सचेन्जमा सूचिकृत हुने सम्बन्धमा संचारमाध्यममा समाचार प्रकाशन भएपछि सो तथ्यबारे स्पष्टिकरण माग गरेको थियो । 

बैंकले उक्त बोन्ड जारी गर्ने विषमा बैंकको रणनीति भित्रकै एक हिस्सा रहेको र बैकले वार्षिक प्रतिवेदनहरु र साधारण सेयर निष्कासनको लागि तयार गरिएको विवरणपत्रमा समेत खुलाईसकेको र सम्बन्धित नियमनकारी निकायबाट समेत स्वीकृति लिईसकेको जानकारी दिएको छ । 

बैंकले यसलाई अन्तिम रुप दिन चाहिने थप स्वीकृति लिंदै यथासक्य छिटो तोकिएको व्याजदरमा बोन्ड जारी गर्ने र सम्बन्धित स्टक एक्सचेन्जमा सूचिकृत गराउने गरी अघि बढिरहेको स्पष्ट पारेको हो । 

साथै, बैंकले आफ्नो सार्वजनिक सेयर निष्कासनको क्रममा प्रकाशित गरेको विवरणपत्रमा आर्थिक वर्ष २०७७/७८ मा ८ प्रतिशत लाभांश वितरण गर्ने प्रक्षेपण रहेको जानकारी गराएको  । 

बैंकले प्रकाशन गरेको सूचना हेर्नुहोस्:-

6056f11ca96a7.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको