Like us!
Follow us!
Connect us!
Watch us!

चम्किएको बजारमा यी कम्पनीका लगानीकर्ता निराश

नेप्से

आइतबार, ०८ चैत्र २०७७, १५ : २३ मा प्रकाशित

चम्किएको  बजारमा यी कम्पनीका लगानीकर्ता निराश

साताको पहिलो कारोबार दिन आज (आइतबार) पनि सेयर बजारमा हरियाली छाएको छ । गत मंगलबारबाट बढ्दै गइरहेको सेयर बजारले आइतबार पनि उकालो यात्रा तय गरेको हो । नेप्सेमा हरियाली देखिन थालेपछि लगानीकर्ताहरू पनि उत्साहित देखिन थालेका छन् ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (आइतबार) सेयर कारोबार मापक नेप्से परिसूचक ६३.३८ अंकले बढेर २५३८.४६ मा पुगेको छ । नेप्से २.५६ प्रतिशतले बढेको हो । यस्तै सेन्सेटिभ परिसूचक ९.४४ अंकले बढेर ४५३.५९ मा पुगेको छ ।

कूल २०६ वटा कम्पनीको एक करोड २४ लाख ३० हजार २ कित्ता सेयर खरिदबिक्री हुँदा  ५ अर्ब ९१ करोड ९८ लाख २४ हजार ५ सय ६९ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।

हरियाली बजारमा आज ग्रिनलाइफ हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । त्यसैगरी क्रमश: खानिखोला हाइड्रोपावर कम्पनी लिमिटेड, जोशी हाइड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेड, घलेम्दी हाइड्रो लिमिटेड, दिब्यश्वरी हाइड्रोपावर लिमिटेड, एनआइबीएल प्रगती फण्ड, हिमालय उर्जा विकास कम्पनी लिमिटेड, युनियन हाइड्रोपावर लिमिटेड, रैराङ हाइड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेड, अरुण भ्याली हाइड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेडका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । 

605715581e944.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको