Like us!
Follow us!
Connect us!
Watch us!

घरबाटै कामना सेवा विकास बैंकको अनलाईन खाता खोली कारोबार गर्न सकिने

अर्थ संसार

मंगलबार, १० चैत्र २०७७, ०७ : ४८ मा प्रकाशित

घरबाटै कामना सेवा विकास बैंकको अनलाईन खाता खोली कारोबार गर्न सकिने

 कामना सेवा विकास बैंकले के. एस ईन्स्टा नामक एक नविनतम अनलाईन बचत खाता सञ्चालनमा ल्याएको छ ।

ग्राहकहरुले बैंकको वेवसाईट मार्फत केहि मिनेटमै यो खाता खोल्नुका साथै वार्षिक रुपमा रु १००,००० सम्मको कारोबार गर्न सक्नेछन् ।

उच्चतम ब्याजदर सहितकोे यो विशेष बचत खातामा पहिलो वर्ष निशुल्क मोबाईल र ईन्टरनेट बैकिङको सुविधा पनि छ । बैंकको केन्द्रीय कार्यालयमा भएको फेसबुक लाईभ कार्यक्रमकाबीच बैंकका अध्यक्ष सुदिप आचार्यले यो खाताको शुभारम्भ गरेका थिए ।

कामना सेवा विकास बैंकले देशका विभिन्न भागमा १२४ वटा शाखा, एक ऐक्सटेन्सन काउन्टर, ६६ वटा एटिम एवं सोसियल मिडिया बैंकिङ्ग प्लेटर्फम मार्फत ग्राहकहरुलाइ विविध किसीमका वित्तीय सेवा तथा सुविधाहरु प्रदान गदै आइरहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको