नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले किसान लघुवित्त वित्तीय संस्था लिमिटेडसँग स्पष्टिकरण माग गर्दै कारोबार रोक्का गरेको छ ।
संस्थाले संचालक समितिको चैत ६ गते बसेको बैठकले गरेको वार्षिक साधारणसभा सम्बन्धि विशेष प्रस्तावमा कम्पनीले १:१ को अनुपातमा सेयरधनीहरुलाई हकप्रद सेयर जारी गर्ने भन्ने प्रस्ताव गरेको र पछि पुन: संसोधन गर्दै उक्त हकप्रद जारी गर्ने भन्ने प्रस्ताव हटाएको थियो । सोबारे स्पष्टिकरण दिन नेप्सेले निर्देशन दिएको हो ।
उक्त प्रस्ताव संसोधन भइसकेपछि पनि संस्थाले समयमै नेप्सेमा सूचना नपठाएको भन्दै नेप्सेले कम्पनीको सेयर कारोबार रोक्का राखेको छ । साथै, नेप्सेले कम्पनीलाई ३ दिनभित्र स्पश्तिकर्ण पेश गर्न निर्देशन दिएको छ ।
कम्पनीले प्रकाशन गरेको सूचना हेर्नुहोस्:-
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस