Like us!
Follow us!
Connect us!
Watch us!

एनएमबि हाईब्रिड फण्डको न्याभ बढ्यो

अर्थ संसार

मंगलबार, १० चैत्र २०७७, १४ : ५२ मा प्रकाशित

एनएमबि हाईब्रिड फण्डको न्याभ बढ्यो

एनएमबि म्युचुअल फण्ड अन्तर्गत सञ्चालित एनएमबि हाईब्रिड फण्ड एल - १ ले २०७७ साल फागुन मसान्तकाे खुद सम्पत्ति मूल्य सम्बन्धी विवरण सार्वजनिक गरेकाे छ ।

फागुन मसान्तसम्ममा आइपुग्दा फण्डले प्रतिइकाई खुद सम्पत्तिको मूल्य १५ रुपैयाँ ३ पैसा पुर्याएकाे छ । उक्त मूल्य माघ मसान्तकाे तुलनामा ४६ पैसाले धेरै हाे । माघ मसान्तसम्ममा फण्डकाे प्रतिइकाई खुद सम्पत्तिको मूल्य १४ रुपैयाँ ५७ पैसा रहेकाे थियो ।

त्यसैगरी, फागुन मसान्तसम्ममा फण्डले सूचीकृत कम्पनीको सेयरमा गरेकाे लगानी ६८ करोड ३१ लाख ७९ हजार रुपैयाँ मात्र रहेकाे छ । उक्त लगानी माघ मसान्तकाे तुलनामा थाेरै हाे । माघ मसान्तसम्ममा फण्डले सूचीकृत कम्पनीहरूमा ७१ करोड २२ लाख ८८ हजार रुपैयाँ लगानी गरेकाे थियाे ।

यसैगरी, माघ मसान्तसम्म बाेण्डमा २९ कराेड १३ लाख ७३ हजार रूपैयाँ लगानी रहेकाेमा फागुन मसान्तमा बढेर २९ कराेड १७ लाख ९१ हजार रूपैयाँ पुगेकाे छ । फागुन मसान्तसम्म फण्डकाे साधारण सेयर, हकप्रद सेयर र बाेनस सेयरकाे लगानी ३७ कराेड ९८ लाख ४५ हजार रूपैयाँ रहेकाे छ । पाैष मसान्तमा फण्डकाे यस्ताे लगानी ५२ कराेड २९ लाख ७१ हजार रूपैयाँ थियाे ।  

त्यस्तै, एनएमबि हाईब्रिड फण्ड एल - १ ले विभिन्न प्रकारका ५४ वटा सूचीकृत कम्पनीको सेयरमा लगानी गरेको छ ।

फण्डले सार्वजनिक गरेकाे माघ मसान्तकाे खुद सम्पत्ति मूल्य सम्बन्धी विवरण यस प्रकारकाे छ :

 

6059ae9002739.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको