Like us!
Follow us!
Connect us!
Watch us!

एनएमबि हाइब्रिड फण्ड एल-१ र एनएमबि ५० ले लाभांश पठाउँदै, तपाईँको खाता ठीक छ ?

अर्थ संसार

बुधबार, ०६ असोज २०७८, ११ : ३६ मा प्रकाशित

एनएमबि हाइब्रिड फण्ड एल-१ र एनएमबि ५० ले लाभांश पठाउँदै, तपाईँको खाता ठीक छ ?

एनएमबि म्युचुअल फण्ड अन्तर्गत सञ्चालित एनएमबि हाइब्रिड फण्ड एल-१ र एनएमबि ५० ले इकाईधनीहरुको बैंक खातामा लाभांश जम्मा गर्ने भएका छन् । एनएमबि हाइब्रिड फण्ड एल-१ ले आज (बुधबार) बाट र एनएमबि ५० ले भाेलि (बिहीबार) बाट लाभांश वितरण गर्ने भएकाे हाे । 

आर्थिक वर्ष २०७७/७८ को लागि एनएमबि हाइब्रिड फण्ड एल-१ ले करसहित २० प्रतिशतका दरले र एनएमबि फिफ्टीले करसहित ३० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेका थिए ।

दुवै फण्डले हालसम्म हितग्राही खातामा बैंक खाता अद्यावधिक नगराएका इकाईधनीहरुलाई आफ्नो निक्षेप सदस्यकहाँ सम्पर्क राखी हितग्राही खातामा बैंक खाता अद्यावधिक गराउन आग्रह गरेका छन् ।

क्यापिटलले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ : 

614ac6e53c880.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको