Like us!
Follow us!
Connect us!
Watch us!

एनएमबि हाईब्रिड फण्डकाे न्याभ बढ्याे, सेयर लगानी कति ?

अर्थ संसार

आइतबार, १२ मंसिर २०७८, १२ : ५५ मा प्रकाशित

एनएमबि हाईब्रिड फण्डकाे न्याभ बढ्याे, सेयर लगानी कति ?

एनएमबि म्युचुअल फण्ड अन्तर्गत सञ्चालित एनएमबि हाईब्रिड फण्ड एल १ ले २०७८ साल कार्तिक मसान्तकाे खुद सम्पत्ति मूल्य सम्बन्धी विवरण सार्वजनिक गरेकाे छ ।

कार्तिक मसान्तसम्ममा आइपुग्दा फण्डकाे प्रतिइकाई खुद सम्पत्तिको मूल्य (न्याभ) १४ रुपैयाँ ७८ पैसा पुगेको छ । उक्त मूल्य असाेज मसान्तकाे तुलनामा १५ पैसाले बढेकाे हाे । असाेज मसान्तसम्ममा फण्डकाे प्रतिइकाई खुद सम्पत्तिको मूल्य १४ रुपैयाँ ६३ पैसा रहेकाे थियो ।

त्यसैगरी, कार्तिक मसान्तसम्ममा फण्डले सूचीकृत कम्पनीको सेयरमा गरेकाे लगानी ७४ करोड २३ लाख ७६ हजार रूपैयाँ पुगेकाे छ । उक्त लगानी असाेज मसान्तकाे तुलनामा बढेकाे हाे । असाेज मसान्तसम्ममा फण्डले सूचीकृत कम्पनीहरूमा ७३ करोड ६९ लाख ४ हजार रूपैयाँ लगानी गरेकाे थियाे ।

त्यस्तै, एनएमबि हाईब्रिड फण्ड एल १ ले विभिन्न प्रकारका ५१ वटा सूचीकृत कम्पनीको सेयरमा लगानी गरेको छ । 

यस अवधिसम्म फण्डकाे बैंक मौज्दात २० करोड ३१ लाख ८२ हजार रुपैयाँमा सिमित भएकाे छ । असाेज मसान्तसम्म फण्डकाे बैंक माैज्दात २० कराेड ४१ लाख ४२ हजार रूपैयाँ रहेकाे थियाे ।

फण्डले सार्वजनिक गरेकाे कार्तिक मसान्तकाे खुद सम्पत्ति मूल्य सम्बन्धी विवरण यस प्रकारकाे छ :

61a32d8e10dbf.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको