Like us!
Follow us!
Connect us!
Watch us!

लाभांश वितरण गर्न एनएमबि क्यापिटलका २ म्युचुअल फण्डले ताेके बुकक्लाेज मिति

अर्थ संसार

शुक्रबार, २० साउन २०७९, १२ : ५५ मा प्रकाशित

लाभांश वितरण गर्न एनएमबि क्यापिटलका २ म्युचुअल फण्डले ताेके बुकक्लाेज मिति

लाभांश वितरण गर्ने प्रयाेजनका लागि एनएमबि क्यापिटलका २ वटा म्युचुअल फण्डले बुकक्लाेज मिति ताेकेका छन् ।

एनएमबि क्यापिटलकाे हिजाे (साउन १९ गते, बिहीबार) बसेकाे सञ्चालक समितिकाे बैठकले एनएमबि ५० र एनएमबि हाइब्रिड फण्ड एल १ को लाभांश वितरण गर्ने प्रयाेजनका लागि साउन ३१ गते, मंगलबार एक दिनका लागि बुकक्लाेज गर्ने निर्णय गरेकाे हाे । त्यसैले, साउन ३० गते, साेमबारसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा काराेबार भई कायम भएका ईकाईधनीहरूले मात्र लाभांश प्राप्त गर्न सक्नेछन् । 

दुवै फण्डले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना ईकाईधनीहरूलाई करसहित २१.०५२३६ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेका छन् ।

क्यापिटलले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ : 

62ecc32ad7a38.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको