Like us!
Follow us!
Connect us!
Watch us!

एनएमबि हाईब्रिड फण्ड एल–१ को खुद सम्पत्ति मूल्य बढ्यो

अर्थ संसार

शुक्रबार, १० बैशाख २०७८, १३ : १४ मा प्रकाशित

एनएमबि हाईब्रिड फण्ड एल–१ को खुद सम्पत्ति मूल्य बढ्यो

एनएमबि म्युचुअल फण्ड अन्तर्गत सञ्चालित एनएमबि हाईब्रिड फण्ड एल-१ले २०७७ साल चैत्र  मसान्तकाे खुद सम्पत्ति मूल्य सम्बन्धी विवरण सार्वजनिक गरेकाे छ ।

चैत्र मसान्तसम्ममा आइपुग्दा फण्डले प्रतिइकाई खुद सम्पत्तिको मूल्य १५ रुपैयाँ ८७ पैसा पुर्याएकाे छ । उक्त मूल्य फागुन मसान्तकाे तुलनामा ०.५७ पैसाले धेरै हाे । फागुन मसान्तसम्ममा फण्डकाे प्रतिइकाई खुद सम्पत्तिको मूल्य १५ रुपैयाँ ०३ पैसा रहेकाे थियो ।

त्यसैगरी, चैत्र मसान्तसम्ममा फण्डले सूचीकृत कम्पनीको सेयरमा गरेकाे लगानी ७८ करोड १८  लाख ३० हजार ५०२ रुपैयाँ  पुगेकाे छ । उक्त लगानी  फागुन मसान्तकाे तुलनामा  ९ करोड ८६ लाख ५१ हजार ९९ रुपैयाँले धेरै हाे । फागुन मसान्तसम्ममा फण्डले सूचीकृत कम्पनीहरूमा ६८ करोड ३१ लाख ७९ हजार ४ सय ३ रुपैयाँ लगानी गरेकाे थियाे ।  

त्यस्तै, फण्डले विभिन्न प्रकारका ५५ वटा सूचीकृत कम्पनीको सेयरमा लगानी गरेको छ । जसमध्ये १६ वटा वाणिज्य बैंक, ५ वटा विकास बैंक, १४ वटा लघुवित्त, २ वटा होटल्स तथा पर्यटन समूह ४ वटा बीमा कम्पनी, ८ वटा निर्जीवन बीमा, एउटा उत्पादन तथा प्रशोधन उद्योग, ४ वटा म्युचुअल फण्ड र अन्य समूहतर्फ एक कम्पनीमा लगानी गरेको हो ।

फण्डले सार्वजनिक गरेकाे चैत मसान्तकाे खुद सम्पत्ति मूल्य सम्बन्धी विवरण यस प्रकारकाे छ :

6082780406220.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको