Like us!
Follow us!
Connect us!
Watch us!

सिंगटी हाइड्राेको आईपीओ हात पार्न भाग्यको भर पर्नुपर्ने, यस्तो छ अन्तिम तथ्यांक

अर्थ संसार

बुधबार, ११ चैत्र २०७७, १० : ४९ मा प्रकाशित

सिंगटी हाइड्राेको आईपीओ हात पार्न भाग्यको भर पर्नुपर्ने, यस्तो छ अन्तिम तथ्यांक

सिंगटी हाइड्राे इनर्जी कम्पनी लिमिटेडको साधारण सेयर (आईपीओ) मा आवेदनको ओइरो लागेको छ ।

 कम्पनीको आईपीओमा हिजो (मंगलबार) अन्तिम दिनसम्म १६ लाख २३ हजार ४  सय ५० आवेदकबाट २ अर्ब ४७ करोड २० लाख ४५ हजार रुपैयाँ  बराबरको २ करोड ४७ लाख २० हजार ४५० कित्ताका लागि आवेदन दिएका छन् । याे सर्वसाधारणका लागि निष्कासन गरिएकाे भन्दा २ करोड १८ लाख २० हजार ४५० कित्ता बढी अर्थात् ९ गुणा बढी हो  ।  

अन्तिम आवेदनलाई हेर्ने हो भने १० कित्ताका दरले २ लाख ६९ हजार ७  सय जना आवेदकले आईपीओ हात पार्नेछन् भने बाँकी १३ लाख ५३ हजार ७ सय ५० जनाको हात खालि हुनेछ  । 

कम्पनीले चैत्र ६ गते, शुक्रबारदेखि  प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा २९ लाख कित्ता साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गरेकाे थियो । जसमध्ये ५ प्रतिशत अर्थात १ लाख ५४ हजार कित्ता सामूहिक लगानी कोषका लागि, २ प्रतिशत अर्थात ५८ हजार कित्ता कर्मचारीहरुका लागि र बाँकी २६ लाख ९७ हजार कित्ता सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएकाे छ ।

त्यसैगरी, उक्त साधारण सेयर सर्वसाधारणमा सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम मेगा क्यापिटल मार्केट्स लिमिटेडले गरेकाे छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको