Like us!
Follow us!
Connect us!
Watch us!

'बुक बिल्डिङ विधि लगानीकर्ताका लागि हितकर छैन भन्नु भ्रम मात्र हो'

लगानीकर्ताको आवाज

विहीबार, १२ चैत्र २०७७, ११ : ०८ मा प्रकाशित

सेयर विश्लेषक एवम् लगानीकर्ता कमल पन्थीले नेपालमा कार्यन्वयनको प्रक्रियामा रहेको आईपिओ निष्कासनको बुक बिल्डिङ विधि लगानीकर्ताको हितमा छैन भन्नु अल्पज्ञान र भ्रममात्र रहेको बताएका छन् । 

अर्थसंसार डटकमको कार्यक्रम लगानीकर्ताको आवाजसँगको कुराकानीमा पन्थीले केहि हदसम्म साना लगानीकर्ताहरुलाई बुक बिल्डिङ विधिबाट जारी हुने आईपिओमा आवेदन गर्न आर्थिक समस्या पर्ने भएपनि समग्र पुँजी बजारको विकासका लागि भने यो विधि हितकर हुने उनको तर्क छ । 

आइपिओ निष्कासनको बुक बिल्डिङ विधि लागु नहुदा सम्म वास्तविक क्षेत्रका कम्पनीहरु पुँजी बजारमा प्रवेश गर्ने अवस्था नदेखिएकाले पनि त्यस्ता कम्पनीहरुलाई पुँजी बजारमा भित्र्याउनका लागि पनि यो विधिको कार्यन्वयन हुनुपर्नेमा पन्थीको जोड छ । 

अहिले बजारमा अनुमानको भरमा हल्ला फिँजाए जसरी बजार यतिको विन्दुमा पुग्छ भन्ने यकिनै गर्न नसकिने भन्दै उनले अहिले नेपालको पुँजी बजारले बुलिस ट्रेन्डमा चलिरहेकाले अहिले नै लगानीकर्ताहरु आत्तिनु पर्ने अवस्था भने नरहेको उनको बुझाई छ । 

अहिले लकडाउनका कारण सुस्त बनेका लगानीका अन्यक्षेत्रहरु सुचारु भएकाले दैनिक कारोबार रकममा गिरावट आएको पन्थीको तर्क छ । सेयर बजारमा चलखेल हुन्छ तर यस्तो चलखेलबाट बच्न लगानीकर्ताहरुले आफुले लगानी  गर्ने कम्पनीका बारेमा राम्रोसँग अध्ययन गरेरमात्र लगानी गर्नुपर्ने सुझाव दिन्छन् उनी ।

सेयर बजारमा प्रवेश गर्न चाहाने नयाँ लगानीकर्ताहरुलाई पहिले आईपिओमा मात्र लगानी गर्न र पछि बिस्तारै अध्ययन गरेर बुझेर मात्र दोस्रो बजारमा प्रवेश गर्न सुझाँउछन् उनी ।    

बजारमा सेयर कारोबार गर्न चाहनेहरूलाई उनका केही टिप्स छन् । उनी सामाजिक सञ्जालको हल्लाको पछि लाग्नु भन्दा पनि कम्पनीको बित्तिय अवस्थाका बारेमा राम्रो अध्ययन गरेर मात्र लगानी गर्नु पर्ने बताउँछन् ।

उनै पन्थीसँग अर्थ संसारकर्मी कृष्ण भट्टराईले गरेको भिडियो कुराकानीः
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको