Like us!
Follow us!
Connect us!
Watch us!

प्रति सेयर आम्दानी ४ रुपैयाँ, सेयर मूल्य २ हजार माथि,लगानीकर्ताको लगानी कति सुरक्षित ?

अर्थ संसार

विहीबार, १२ चैत्र २०७७, १५ : ०७ मा प्रकाशित

प्रति सेयर आम्दानी ४ रुपैयाँ, सेयर मूल्य २ हजार माथि,लगानीकर्ताको लगानी कति सुरक्षित ?

चन्द्रागिरी हिल्स कम्पनीको सेयर मूल्य साताको अन्तिम दिनको कारोबारमा २ हजार रूपैयाँ नाघेको छ । माघ २५ गते १६१ रुपैयाँमा धितोपत्रको दोस्रो बजारमा कारोबार सुरू भएको कम्पनीको सेयर मूल्य निरन्तर बढिरहेको छ । 

नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले कम्पनीको पहिलो कारोबारका लागि न्युनतम ९६ रूपैयाँ ६९ पैसादेखि अधिकतम २९० रूपैयाँ ७ पैसासम्मको कारोबार रेञ्ज प्रदान गरेको थियो । कारोबार सुरु भएको ३२ औँ दिनमा आज कम्पनीको सेयर मूल्य २ हजार ७९ रुपैयाँ पुगेको नेप्सेले जनाएको छ ।

कारोबारको २६ औँ दिनमा १ हजार रुपैयाँ पुगेको कम्पनीको सेयर मूल्य एक सातामै दोब्बर भएर २ हजार भन्दामाथि पुगेको छ । कम्पनीको सेयर हरेक दिन जसो सकारात्कम सर्किट लेभलमा कारोबार भइरहेको छ । 

कम्पनीको सेयर मूल्य यसरी आकासिँदा पनि कम्पनीको सेयरको माग भने घटेको देखिँदैन । सुरवाती दिनमा न्यून कित्ताको सेयर कारोबार भएको कम्पनीको मूल्य बढेसंगै कारोबार कित्ता पनि बढिरहेको देखिन्छ । पछिल्ला तिन दिनमा कम्पनीको १५ हजारभन्दा बढी कित्ताको सेयर कारोबार भएको छ ।   

फाल्गुन १२ गतेदेखि कम्पनीको सेयर मूल्य निरन्तर ९ प्रतिशतभन्दा बढीले बृद्धि भइरहेको छ । कम्पनीको सेयर मूल्य र कम्पनीको प्रतिसेयर आम्दानीलाइ तुलना गरि हेर्दा कम्पनीको अहिलेको सेयर मूल्य स्वभाविक नभएको बिश्लेषकहरुको तर्क छ । 

कतिपय लगानीकर्ताहरुले यस कम्पनीको सेयर कर्नरिङ भएको भन्दै नियमक निकायलाइ अनुसन्धानका लागि सामाजिक सञ्जालमार्फत दबाद दिइरहेको देखिन्छ । 

कम्पनीले प्रकाशन गरेको बित्तिय विवरण अनुसार कम्पनीको यो अर्थिक बर्षको प्रतिसेयर आम्दानी ४ रुपैयाँ रहने प्रक्षेपण गरिएको छ । एक बर्षमा प्रतिकित्ता ४ रुपैयाँ मुनाफा कमाउने कम्पनीको सेयरलाई २ हजारभन्दा बढी मूल्य हाल्नु कति उचित होला ?

एक बर्षसम्म गरिएको २ हजार रुपैयाँको लगानीले  ४ रुपैयाँ मात्र प्रतिफल दिन्छ भन्ने जान्दाजान्दै त्यस्तो कम्पनीको सेयरमा लगानी गर्दा हुन सक्ने जोखिमका बारेमा पनि लगानीकर्ता आफैँ जानकार हुनु जरुरी छ । 

आजको मूल्यअनुसार कम्पनीको पिई रेसियो ५१९.७५ रहेको देखिन्छ । सामान्यत कुनै पनि कम्पनीको सेयरमा लगानी गर्नुपूर्व कम्पनीको प्रतिसेयर आम्दानी र पिई रेसियो हेर्ने गरिन्छ । सामान्यतः धेरै प्रतिसेयर आम्दानी  र कम पिई रेसियो भएका कम्पनीमा लगानी गर्दा लगानी सुरक्षित हुने मानिन्छ । 

राम्रो बित्तीय अवस्था भएका कम्पनीहरुमा लगानी गर्न सकेमा दीर्घकालिन रुपमा लगानीकर्ताहरुलाई राम्रो मुनाफा प्राप्त हुन सक्छ भने कमजोर बित्तीय अवस्थाका कम्पनीहरुमा लगानी गर्दा बढी जोखिम बहन गर्नु पर्ने हुन्छ ।

सेयर बजारमा हुने चलखेलबाट कसरी बच्ने ? || Kamal Panthi || लगानीकर्ताको आवाज

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको