Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल लाइफ इन्स्योरेन्सको सीईओमा प्रसाईं नियुक्त

अर्थ संसार

विहीबार, १२ चैत्र २०७७, १६ : ५२ मा प्रकाशित

नेपाल लाइफ इन्स्योरेन्सको सीईओमा प्रसाईं नियुक्त

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा सन्तोष प्रसाईँ नियुक्त भएका छन् । कम्पनी सञ्चालक समितिले प्रसाईँलाई माघ २८ गते नै सीईओ नियुक्त गर्ने निर्णय गरी स्वीकृतिका लागि बीमा समितिमा पत्र पठाएको थियो ।

बीमा समितिले बुधबारमात्रै प्रसाईँलाई सीईओ नियुक्त गर्न स्वीकृति दिएको हो । समितिबाट स्विकृति पाएसँगै सीइओ प्रसाईको कार्यकाल नेपाल लाइफमा ४ वर्षको हुनेछ । यसअघि नेपाल लाइफको सीइओको रुपमा विवेक झा रहेका थिए । झाको कार्यकाल सकिएसँगै प्रसाईँले कार्यबाहक सीईओका रुपमा कार्य गर्दै आएका थिए ।  


नियामक निकाय बीमा समितिमा समेत काम गरेको अनुभव भएका प्रसाईँ चार्डड एकाउन्टेन्ट ९सीए० पनि हुन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको