Like us!
Follow us!
Connect us!
Watch us!

ज्योति लाईफको आईपीओ आजबाट कारोबारमा आउने, कतिमा होला पहिलो कारोबार ?

अर्थ संसार

बुधबार, २५ चैत्र २०७७, १० : २८ मा प्रकाशित

ज्योति लाईफको आईपीओ आजबाट कारोबारमा आउने, कतिमा होला पहिलो कारोबार ?

ज्योति लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको साधारण सेयर (आईपीओ) आज (बुधबार) देखि धितोपत्रको दोस्रो बजारमा कारोबारमा आउँदैछ । हिजो (मंगलबार) नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा  कम्पनीको आईपीओ सूचिकृत भएको थियो  । कम्पनीको प्रतिकित्ता एक सय रुपैयाँ अंकित दरका २ करोड २० लाख कित्ता सेयर नेप्सेमा सूचिकृत भएको हो । 

कम्पनीले दाेश्राे बजारमा काराेबारका लागि JLI सिम्बाेल पाएकाे छ । नेप्सेले कम्पनीकाे पहिलो कारोबारका लागि प्रति सेयर न्युनतम १२० रूपैयाँ २९ पैसादेखि अधिकतम ३६० रुपैयाँ ८७ पैसा ओपनिङ रेञ्ज निर्धारण गरेको छ ।

कम्पनीले फागुन २१ गते, शुक्रबारदेखि फागुन २६ गते, बुधबारसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ६६ करोड रूपैयाँ बराबरको ६६ लाख कित्ता साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गरेकाे हाे । जसमध्ये ५ प्रतिशत अर्थात् ३ लाख ३० हजार कित्ता सामूहिक लगानी कोषहरुलाई, ३ लाख ३० हजार कित्ता कर्मचारीहरुलाई र बाँकी रहेकाे ५९ लाख ४० हजार कित्ता सर्वसाधारणको लागि छुट्याइएकाे थियाे ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको