Like us!
Follow us!
Connect us!
Watch us!

ज्योति लाइफको सेयर रजिष्ट्रार नियुक्त, कतिमा खुल्ला पहिलो कारोबार ?

अर्थ संसार

बुधबार, १८ चैत्र २०७७, १३ : २३ मा प्रकाशित

ज्योति लाइफको सेयर रजिष्ट्रार नियुक्त, कतिमा खुल्ला पहिलो कारोबार ?

ज्योति लाइफ इन्स्योरन्स कम्पनीले सेयर रजिष्ट्रार नियुक्त गरेको छ। शुक्रबार आइपीओ बाँडफाँट सम्पन्न गरेको कम्पनीले सेयर रजिष्ट्रारमा एनआईसी एसिया क्यापिटल लिमिटेडलाई नियुक्त गरेको हो ।

सेयर रजिष्ट्रार नियुक्ति विषयमा हिजो (मंगलबार) ज्योति लाइफ इन्स्योरेन्स र एनआईसी एसिया क्यापिटलबीच सम्झौता सम्पन्न भएको हो । अबउप्रान्त ज्योति लाइफ इन्स्योरेन्सको धितोपत्र कारोबारसम्बन्धी अभिलेख राख्ने, दाखिला खारेज, नामसारी, रोक्का राख्नेलगायत सेयरधनीहरुको लगत अद्यावधिक गरी राख्नेसम्बन्धी सम्पूर्ण कार्य अब एनआईसी एसिया क्यापिटलले गर्नेछ। 

नेप्सेले कम्पनीकाे पहिलो कारोबारका लागि प्रति सेयर न्युनतम १३२ रूपैयाँ ९४ पैसादेखि अधिकतम ३९८ रुपैयाँ ८२ पैसा ओपनिङ रेञ्ज निर्धारण गर्ने सम्भावना रहेकाे छ । नेप्सेले हरेक कम्पनीकाे पहिलो कारोबारको लागि नेटवर्थको तीन गुणासम्म ओपनिङ रेञ्ज ताेक्ने गर्दछ ।

सेबाेनमा प्रकाशन भएकाे विवरण पत्र अनुसार ज्योति लाईफ इन्योरेन्स कम्पनी लिमिटेडकाे आर्थिक वर्ष २०७६/७७ को  प्रतिसेयर नेटवर्थ १३२ रूपैयाँ ९४ पैसा रहेको छ । साेही नेटवर्थकाे ३ गुणा ३९८ रुपैयाँ ८२ पैसा हुन्छ ।

 

कम्पनीको आइपीओमा आवेदन दिएका १८ लाख ४२ हजार ४ सय ८० जना आवेदककर्ताहरुमध्ये १७ लाख ९७ हजार ८ सय ३५ जना मात्र योग्य रहेको थिए । योग्य कायम भएका १७ लाख ९७ हजार ८ सय ३५ जना आवेदकलाई गोलाप्रथाद्धारा बाँडफाँट गर्दा ५ लाख ९४ हजार लगानीकर्ताले मात्र १० कित्ताका दरले शेयर पाएका छन् ।

ज्योति लाइफले फागुन २१ देखि फागुन २६ गतेसम्म आईपिओ निष्काशन गरेको थियो । कम्पनीले १०० अंकित दरका ६६ करोड बराबरको ६६ लाख कित्ता शेयर निष्काशन गरेको हो । जसमा ३ लाख ३३ हजार कित्ता सामूहिक लागनी कोषहरुलाई र ३ लाख ३३ हजार कित्ता कर्मचारीलाई र बाँकि रहेको ५९ लाख ४० हजार कित्ताको लागि छुट्याएको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको