Like us!
Follow us!
Connect us!
Watch us!

नबिल इक्विटी र ब्यालेन्स फन्ड–२ सूचिकृत कम्पनीमा लगानी बढ्यो, न्याभ कति ?

अर्थ संसार

शुक्रबार, १३ चैत्र २०७७, ११ : ०८ मा प्रकाशित

नबिल इक्विटी र ब्यालेन्स फन्ड–२ सूचिकृत कम्पनीमा लगानी बढ्यो, न्याभ कति ?

नबिल म्युचुअल फन्डअन्तर्गत सञ्चालित नबिल इक्विटी फन्ड र नबिल ब्यालेन्स फन्ड–२ को फागुन महिनाको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक भएको छ। जसअनुसार फागुन महिनामा इक्विटी फन्डको न्याभ १५.८८ रुपैयाँमा सिमित भएको छ । यो गत माघ महिनाको तुलनामा ४ रुपैयाँले कम हो । गत माघमा फन्डको न्याभ १५.५२ रुपैयाँ थियो। 

योजना व्यवस्थापक नबिल इन्भेस्टमेनट बैंकिङ लिमिटेड रहेको यो फन्डको फागुन महिनासम्म कुल लगानी १ अर्ब ८८ करोड ३६ लाख रुपैयाँ गरेको छ।  जसमा सूचीकृत सेयर र ऋणपत्रमा गरी कुल १ अर्ब ६७ करोड रुपैयाँ र सूचीकृत हुन बाँकी सेयरमा ५३ लाख २० हजार रुपैयाँ र मुद्दति निक्षेपमा २० करोड ५० लाख रुपैयाँ रहेको छ। गत माघसम्म यो फन्डले १ अर्ब ६१ करोड रुपैयाँमात्र लगानी गरेको थियो।

सातवर्षे यो फन्डको फागुनसम्मको कुल नाफा ७३ करोड १३ लाख ७३ हजार रुपैयाँ रहेको छ। गत माघसम्म कुल नाफा ७३ करोड ६४ लाख १६ हजार रुपैयाँ रहेको थियो।

यसैगरी नबिल ब्लालेन्सड् फन्ड–२ को न्याभ फागुनमा २४ पैसाले बढेर १५.०९ रुपैयाँ भएको छ। गत माघमा न्याभ १४.८५ रुपैयाँ थियो।

योजना व्यवस्थापक नबिल इन्भेस्टमेनट बैंकिङ लिमिटेड रहेको यो फन्डको फागुन महिनासम्म कुल लगानी १ अर्ब ५७ करोड ४८ लाख रुपैयाँ गरेको छ।जसमा सूचीकृत सेयर र ऋणपत्रमा गरी कुल १ अर्ब ५० करोड रुपैयाँ र सूचीकृत हुन बाँकी सेयरमा ५० लाख ९३ हजार रुपैयाँ र मुद्दति निक्षेपमा ६ करोड २० लाख रुपैयाँ रहेको छ। गत माघसम्म यो फन्डले १ अर्ब ४२ करोड रुपैयाँमात्र लगानी गरेको थियो।

दसवर्षे यो फन्डको फागुनसम्मको कुल नाफा ५४ करोड ५६ लाख रुपैयाँ रहेको छ। गत माघसम्म कुल नाफा ५१ करोड ८३ लाख रुपैयाँ रहेको थियो।

यी दुवै फन्डअन्तर्गत वाणिज्य बैंक, विकास बैंक, वित्तीय संस्था, होटेल तथा पर्यटन, जलविद्युत, जीवन बीमा, निर्जीवन बीमा, लघुवित्त, सामूहिक लगानी कोष, उत्पादन तथा प्रशोधन, बन्डा तथा डिबेन्चर, लगानी, अन्य समूहका कम्पनीहरुमा लगानी रहेको छ। 

605d72f51c2e0.jpg 605d72fbd14fd.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको