नेपाली बजारमा यस साता सुनचाँदीको मूल्यले ओरालो यात्रा तय गरेको छ । अघिल्लो साताको शुक्रबार तोलाको ८६ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य यस साताको शुक्रबारसम्म आइपुग्दा तोलामा ४ सय रुपैयाँले घटेको हो । आज शुक्रबार छापावाला सुनको मूल्य ८६ हजार ३ सय रुपैयाँ कायम भएको छ ।
त्यसैगरी, अघिल्लो साताको शुक्रबार तेजावी सुनको मूल्य तोलामा ८६ हजार २ सय ५० रुपैयाँमा कारोबार भएको थियो भने यस साताको शुक्रबारसम्म आइपुग्दा तोलामा ४ सय रुपैयाँले घटेको छ । आज शुक्रबार छापावाला सुनको मूल्य तोलाको ८५ हजार ८ सय ५० रुपैयाँ कायम भएको छ ।
त्यस्तै, यस साता चाँदीको मूल्य पनि घटेको छ । गएको शुक्रबार तोलाको १ हजार २ सय ७५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य यस साताको शुक्रबारसम्म आइपुग्दा तोलामा ४५ रुपैयाँले घटेको हो । आज चाँदीको मूल्य तोलाको १ हजार २ सय ३० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सुन चाँदीको साप्ताहिक ग्राफ हेर्नुहोस्:-
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस