Like us!
Follow us!
Connect us!
Watch us!

सुनचाँदीको मूल्य घट्यो, तोलाको कति ?

अर्थ संसार

बुधबार, ०३ असार २०८३, १० : ४८ मा प्रकाशित

सुनचाँदीको मूल्य घट्यो, तोलाको कति ?

नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलाको १ हजार २०० रुपैयाँ र चाँदीको मूल्य १० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदीको मूल्य व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य २ लाख ९७ हजार ३०० रुपैयाँ पुगेको छ । अघिल्लो दिन सुनको मूल्य २ लाख ९८ हजार ५०० रुपैयाँ रहेको थियो । 

त्यस्तै आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेर ४ हजार ९८० रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदीको मूल्य ४ हजार ९९० रुपैयाँमा कारोबार भएको थियो । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको