Like us!
Follow us!
Connect us!
Watch us!

२ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

अर्थ संसार

बुधबार, १८ चैत्र २०७७, ०८ : १४ मा प्रकाशित

२ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

विभिन्न २ वटा कम्पनीकाे लाभांश सुरक्षित गर्ने आज (चैत्र १८ गते, बुधबार) अन्तिम दिन रहेकाे छ । सूर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेड र सारथी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडकाे लाभांश सुरक्षित गर्ने आज (चैत्र १८ गते, बुधबार) अन्तिम दिन हाे ।

सूर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण सभा तथा लाभांश वितरण प्रयाेजनका लागि भाेलि चैत्र १९ गतेदेखि चैत्र ३१ गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ । आज (चैत्र १८ गते, बुधबार) सम्म नेप्सेमा काराेबार भइ  कायम सेयरधनीहरूले मात्र सभामा भाग लिन र लाभांश पाउन सक्नेछन् ।  कम्पनीको वार्षिक सभा चैत्र ३१ गते मंगलबार स्याङ्जास्थित पुतलीबजार नगरपालिकाको सहयात्रा पार्टी प्यालेसमा  हुँदैछ । सभामा कम्पनीले संस्थापक र सर्वसाधारण सेयरधनीको हिस्सा ७०:३० कायम गर्न एफपिओ निष्कासन गर्ने विशेष प्रस्ताव गरिनेछ । त्यसैगरी, सभाले आर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई १५.३४५७७ प्रतिशत बोनस सेयर र  ०.८०७६७  प्रतिशत नगद (कर प्रयोजन) गरि कुल १६.१५३४४५७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव  पारित गर्नेछ ।

त्यसैगरी, सारथी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले  साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि भाेलि चैत्र १९ गतेदेखि वैशाख ३ गतेसम्म बुकक्लाेज गर्ने निर्णय गरेकाे छ । त्यसैले, आज (चैत्र १८ गते, बुधबार) सम्म नेप्सेमा काराेबार भई कायम शेयरधनीहरुले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् । संस्थाकाे बार्हाैँ वार्षिक साधारण सभा वैशाख ३ गते शुक्रबार, होटेल अरनिको ,धुलिखेलमा बिहान ११ बजेबाट सुरू हुनेछ । सभामा एफपिओ निष्कासन गर्ने प्रस्ताव पेश हुनेछ । यसैगरी, सभामा आर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई ८.१३ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.४२ नगद वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको