Like us!
Follow us!
Connect us!
Watch us!

आज पनि बढ्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?

अर्थ संसार

शुक्रबार, २० चैत्र २०७७, ११ : ०४ मा प्रकाशित

आज पनि बढ्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?

आज (शुक्रबार) नेपाली बजारमा सुनको मूल्यले उकालो यात्रा तय गरेको छ । 

हिजो (बिहीबार) तोलाको ८६ हजार ५ रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज (शुक्रबार) पनि ९ सय रुपैयाँले बढेर तोलाको ८७ हजार ४ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो पनि छापावाला सुनको मूल्य ९ सय रुपैयाँले बढेको थियो । 

त्यसैगरी, तेजावी सुनको मूल्य आज तोलाको ८६ हजार ९ सय ५० रुपैयाँ कायम भएको छ । हिजो तेजावी सुनको मूल्य तोलाको ८६ हजार ५० रुपैयाँ कायम भएको थियो । 

त्यस्तै, आज (शुक्रबार) चाँदीको मूल्य पनि बढेको छ । हिजो तोलाको १ हजार २ सय १० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज ३० रुपैयाँले बढेर तोलाको १ हजार २ सय ४० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको