Like us!
Follow us!
Connect us!
Watch us!

साताभरीमा ११ सयले बढ्यो सुनको मुल्य

अर्थ संसार

शुक्रबार, २० चैत्र २०७७, १३ : ५२ मा प्रकाशित

साताभरीमा ११ सयले बढ्यो सुनको मुल्य

नेपाली बजारमा यस साता सुनचाँदीको मूल्यले उकालो यात्रा तय गरेको छ । अघिल्लो साताको शुक्रबार तोलाको ८६ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य यस साताको शुक्रबारसम्म आइपुग्दा तोलामा १ हजार १ सय रुपैयाँले बढेर ८७ हजार ४ सय रुपैयाँ कायम भएको छ । 

त्यसैगरी, अघिल्लो साताको शुक्रबार तेजावी सुनको मूल्य तोलामा ८५ हजार ८ सय ५० रुपैयाँमा कारोबार भएको थियो भने यस साताको शुक्रबारसम्म आइपुग्दा तोलामा १ हजार १ सय रुपैयाँले बढेर ८६ हजार ९ सय ५० रुपैयाँ कायम भएको छ । 

त्यस्तै, यस साता चाँदीको मूल्य पनि सामान्य बढेको छ । गएको शुक्रबार तोलाको १ हजार २ सय ३० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य यस साताको शुक्रबारसम्म आइपुग्दा तोलामा १० रुपैयाँले बढेर १ हजार २ सय ४० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  

6066d28d0367e.JPG 6066d29607353.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको