Like us!
Follow us!
Connect us!
Watch us!

नेशनल लाइफ इन्स्योरेन्स र नागरिक लगानी कोषको संस्थापक शेयरको  लिलामी खुल्ला

अर्थ संसार

सोमबार, २३ चैत्र २०७७, ०९ : ०१ मा प्रकाशित

नेशनल लाइफ इन्स्योरेन्स र नागरिक लगानी कोषको संस्थापक शेयरको  लिलामी खुल्ला

एनआईसी एशिया बैंकको आफ्नो स्वामित्वमा रहेका  कम्पनीहरु मध्यका नेशनल लाइफ इन्स्योरेन्स र नागरिक लगानी कोषको संस्थापक शेयर आज (सोमवार) बाट लिलामी विक्री खुल्ला गरेको छ । 

एनआईसी एशिया बैंकले नेशनल लाइफ इन्स्योरेन्सको ५५ हजार ८६६ कित्ता र नागरिक लगानी कोषको ५० हजार कित्ता संस्थापक शेयर लिलामीमा विक्री खुला गरेको हो ।

नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको शेयरको न्यूनतम मूल्य रू. ४६६ भने नागरिक लगानी कोषको न्यूनतम मूल्य रू. १ हजार ५२९ तोकिएको छ ।

यी दुई कम्पनीको शेयर खरीदका लागि बोलकबोल गर्दा न्यूनतम १०० कित्ता र सो भन्दा माथिका लागि १० ले भाग जाने गरी अधिकतममा सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ। आवेदकले तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्ने हुन्छ । 

लिलामीको लागी लगानीकर्ताले चैत ३१ गतेसम्म बोलपत्र पेश गर्न सक्नेछन् । 

कम्पनीको शेयर विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको