Like us!
Follow us!
Connect us!
Watch us!

एसएमईजहरूलाई ऋण सहजीकरणमा सहयोग गर्न महासंघ र डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपाल बीच सहमती

अर्थ संसार

सोमबार, २३ चैत्र २०७७, १० : ०२ मा प्रकाशित

एसएमईजहरूलाई ऋण सहजीकरणमा सहयोग गर्न महासंघ र डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपाल बीच सहमती

नेपाल उद्योग वाणिज्य महासंघ र डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपाल बीच लघु, घरेलु, साना तथा मझौला उद्यमहरू (एसएमईजहरू) को वित्तीय कर्जा लगायतको सेवा प्रवाहमा सहजीकरण गर्ने उद्देश्यले एक समझदारीपत्रमा हस्ताक्षर भएको छ । 

महासंघका अध्यक्ष शेखर गोल्छा, वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकाल र उपाध्यक्ष अन्जन श्रेष्ठ, एशोसिएसनका प्रथम उपाध्यक्ष प्रध्युम्मन पोखरेलको समुपस्थितिमा भएको समझदारीपत्रमा महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठ र डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपालका अध्यक्ष गोविन्द प्रसाद ढकालले आज एक कार्यक्रम बीच काठमाडौंमा हस्ताक्षर गरेका हुन् । 

दुवै संस्था बीच भएको समझदारी अनुसार एशोसिएसनका सदस्य विकास बैंकहरूलाई लघु, घरेलु साना तथा मझौला उद्योगहरूको माग अनुसार सरल एवं सहज रूपमा कर्जा प्रवाह गर्न सहजीकरण गर्ने, व्यवसायीहरूलाई कर्जा शिक्षा, बचत र लगानीका फाइदा, कर्जा प्रक्रिया, कर तथा बजार व्यवस्थापन सम्बन्धी जानकारी दिन कार्यक्रम संचालन गर्ने, उत्पादनमुलक व्यवसाय र रोजगारी सिर्जना गर्ने व्यवसायको प्रवद्र्धनका लागि सहयोग पुग्ने किसिमका कार्यक्रम संचालन गर्ने, उपयुक्त वित्तीय सेवाहरूको छनौट र प्रयोग गर्र्न सक्ने क्षमता विकास गराउने र भविष्यमा आउन सक्ने जोखिमहरूका लागि तयारी वा योजना बनाउन सक्ने ज्ञान र सीप प्रदान गर्ने, कृषि कर्जा, महिला उद्यमी कर्जा, लघु, घरेलु, साना तथा मझौला उद्योगहरूलाई प्रवाह गरिने कर्जाहरूलाई प्राथमिकतामा राखी प्रविधि मैत्री बनाउने र त्यसका लागि उचित तालिमको व्यवस्था मिलाइने छ ।

समझदारीपत्र हस्ताक्षर कार्यक्रमलाई संवोधन गर्नुहुंदै महासंघका उपाध्यक्ष श्रेष्ठले एसएमईजले विशेष गरी ऋणको सहज पहु“चमा भोग्दै आएको समस्यालाई यो प्रयासले संवोधन गर्ने विश्वास व्यक्त गर्नुभयो । मुलुकभित्रको कुल रोजगारीमा करिव ९५ प्रतिशत योगदान एसएमईजहरूकै भएकाले यो समझदारीले एसमएमईजहरू फस्टाउन विशेष सहयोग पुग्ने बताए । 
महासंघको घरेलु तथा साना उद्योग समितिका सभापति डीवी वस्नेतले यो प्रयासबाट साना तथा मझौला उद्योग व्यवसायले ठूलो राहतको महशुस गर्ने र यो सहकार्य मुलुकभित्र एसएमईजको विकासमा कोशेढुंगा हुने विश्वास प्रकट गरे । 

डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपालका अध्यक्ष गोविन्द प्रसाद ढकालले लघु, घरेलु साना तथा मझौला व्यवसायको प्रबद्र्धन एवं संरक्षणका लागि वित्तीय कर्जा लगायतका सेवा प्रवाहमा सहजीकरण गराउने उद्देश्यले डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपाल र महासंघ बीचको सहकार्यलाई परिणाममुखी बनाउने प्रतिवद्धता जनाएका छन् । 
कार्यक्रममा दुवै संस्थाका पदाधिकारीहरूको उपस्थिति रहेको थियो । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको