Like us!
Follow us!
Connect us!
Watch us!

मनकामना केबुलकार सेवा बन्द हुने

अर्थ संसार

सोमबार, २३ चैत्र २०७७, १२ : ४६ मा प्रकाशित

मनकामना केबुलकार सेवा बन्द हुने

नेपालकै पहिलो केबुलकार मनकामना केबुलकार सेवा आगामी चैत्र २५ गतेदेखि चैत्र ३० गतेसम्म बन्द हुने भएको छ । 

केबुलकारको स्तरोन्नतीको पहिलो चरण मध्येको कार्य अनुसार Bull Wheel Bearing नयाँ फेर्नुका साथै Bull Wheel अन्य मर्मत संभारको लागि Doppelmayr, Austria बाट आँउनु हुने प्राविधिकबाट मर्मत हुने भएकोले केबुलकार सेवा ६ दिनका लागि बन्द गर्न लागिएको हो । उक्त अवधिभर केबुलकारको बटम स्टेसनमा रहेको रेष्टुरेन्ट भने यथावत रुपमा सञ्चालन हुनेछ । 

मर्मत संभार पश्चात आगामी चैत्र ३१ गतेदेखि पुनः नियमित रुपमा सञ्चालन हुने समेत मनकामना दर्शन प्रा.लि. ले जनाएको छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको