Like us!
Follow us!
Connect us!
Watch us!

सुनको मूल्यमा वृद्धि, कति पुग्यो तोलाको ?

अर्थ संसार

मंगलबार, २४ चैत्र २०७७, १० : ५२ मा प्रकाशित

सुनको मूल्यमा वृद्धि, कति पुग्यो तोलाको ?

आज (मंगलबार) नेपाली बजारमा सुनको मूल्यले उकालो यात्रा तय गरेको छ । 

हिजो (सोमबार) तोलाको ८७ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज मंगलबार ३ सय रुपैयाँले बढेर तोलाको ८७ हजार ५ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

त्यसैगरी, तेजावी सुनको मूल्य आज तोलाको ८७ हजार ५० रुपैयाँ कायम भएको छ । हिजो तेजावी सुनको मूल्य तोलाको ८६ हजार ७ सय ५० रुपैयाँ कायम भएको थियो ।  

त्यस्तै, आज मंगलबार चाँदीको मूल्य भने स्थिर रहेको छ । हिजो सोमबार तोलाको १ हजार २ सय ३५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज पनि सोही मूल्यमा कारोबार भएको महासंघले जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको