Like us!
Follow us!
Connect us!
Watch us!

सबै निर्जीवन बीमा कम्पनीहरुलाई हकप्रद निष्काशनमा रोक लगाइएको होइनः बीमा समिति

अर्थ संसार

मंगलबार, २४ चैत्र २०७७, ११ : ४७ मा प्रकाशित

सबै निर्जीवन बीमा कम्पनीहरुलाई हकप्रद निष्काशनमा रोक लगाइएको होइनः बीमा समिति

विभिन्न सामाजिक सञ्जालमा फैलिएको हल्ला जस्तो सबै निर्जीवन बिमा कम्पनीहरुलाई हकप्रद निष्काशनमा रोक लगाइएको भन्ने हल्ला निराधार रहेको बिमा समितीले जनाएको छ । 

बोनस बितरण गर्दै आएका निर्जीवन बिमा कम्पनीहरुलाई हकप्रद निष्काशनमा समितीले कुनै रोकछेक नलागाएको भन्दै नयाँ कम्पनीहरुको हकमा भने हकप्रद भन्दा अन्य बिकल्पमा जानुपर्ने निष्काशनको अनुमति नदिने बिमा समितीले जनाएको छ । 

हकप्रद जारी गर्नुपर्ने प्रष्ट कारण र आधार सहित आवेदन आए आफुँहरुले नरोक्ने समितीले जनाएको छ । हकप्रद जारी गर्नुपर्ने बलियो आधार र कारण देखाउन नसक्ने कम्पनीहरु भने पुँजी बुद्धिका लागि मर्जरमा जानु उपयुक्त हुने समितीको ठहर छ ।

तर समितीले अजोड इन्स्योरेन्स कम्पनीलाई भने हकप्रद निष्काशनको प्रस्ताव हटाउन पत्र लेखेको छ । समितीले पत्रमा बिमा कम्पनीहरुकको नियमक निकाय बिमा समिती रहेकोले बिमा समितीलाई जानकारी नै नदिई साधारणसभाको मुख्य प्रस्तावमा हकप्रद निष्काशनको ऐजेन्डा राखेकाले उक्त ऐजेन्डालाई रद्द गर्न भनिएका छ ।  
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको