Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजार २७ सयको बाटोतर्फ, हाइड्रोमा लगानीकर्ताको आकर्षण

नेप्से

मंगलबार, २४ चैत्र २०७७, १५ : ४७ मा प्रकाशित

सेयर बजार २७ सयको बाटोतर्फ, हाइड्रोमा लगानीकर्ताको आकर्षण

सेयर बजारमा पुन: रौनकता फर्किएको छ  । बजार दिनहुँ उकालो यात्रामा रहेको छ । केहि समय अगाडी निरन्तर घटेको बजार अहिले निरन्तर बढेर २७ सय बिन्दुको बाटोमा लागेको छ । कारोबार साताको तेस्रो दिन आज (मंगलबार) पनि सेयर बजारले नयाँ रेकर्ड राखेको छ । सेयर बजार दोहोरो अंकले बढेको छ । आज सेयर कारोबार मापक नेप्से परिसूचक १५ दशमलव ७२ अंकले बढेर २६ सय ७४ दशमलव ४६ को बिन्दुमा पुगेको छ । बजार बन्द हुँदाको यो बिन्दु हालसम्मकै उच्च हो ।

प्रि-सेसनमा नेप्से परिसूचक २० दशमलव २१ अंकले बढेर २६ सय ७८ दशमलव ९६ को बिन्दुमा पुगेको थियो ।  त्यसपछि कारोबार सुरु भएको केहि समयमै घटेर २६ सय ४२ दशमलव ३६ को बिन्दुमा पुगेको थियो ।

त्यसपछि पुन: उकालो यात्रा गरेको बजार अन्यमा आइपुग्दा १५ दशमलव ७२ अंकले बढेर २६ सय ७४ दशमलव ४६ को बिन्दुमा पुगी बन्द भएको हो ।

यस्तै सेन्सेटिभ परिसूचक ४ दशमलव ३४ अंकले बढेर ४७६ दशमलव १८ को बिन्दुमा पुगेको छ । आज कूल २ सय १३ कम्पनीको सेयर कारोबार भएको छ  । कूल २ सय १३ कम्पनीको एक करोड ५७ लाख १९ हजार ५ सय ७१ कित्ता सेयर खरिदबिक्री हुँदा ७ अर्ब ३३ करोड एक लाख ६८ हजार ७ सय ८० रुपैयाँ बराबरको कारोबार भएको छ  ।

नेपाल स्टकका अनुसार कूल १३ उपसमूहमध्ये ७ वटा उपसमूहहरुको सेयर बढेको छ भने बाँकी ६ वटा उपसमूहहरुको सेयर घटेको छ  । आज बैंक, व्यापार, फाइनान्स, निर्जीवन बीमा कम्पनी, अन्य समूहहरु र जीवन बीमा समूहको सेयर घटेको हो  । यी बाहेक अन्य ७ समूहमा हरियाली छाएको छ  ।

आज ४ वटा कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । आज युनाइटेड इदी मर्दी, युनिभर्सल पावर कम्पनी लिमिटेड, चन्द्रागिरी हिल्स र चिलिमे जलविद्युतको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो । त्यस्तै, अन्य ८ वटा कम्पनीको सेयर पनि सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । लगानीकर्ताहरु हाइड्रोपावरमा आकर्षित  देखिएका छन् । आज ६ हाइड्रोपावरले सर्वाधिक कारोबार गरेका छन् भने ६ वटै हाइड्रो सर्वाधिक नाफा कमाउने कम्पनीमा परेका छन् ।

सर्वाधिक कारोबार गर्ने कम्पनीहरु 

मंगलबार नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले सर्वाधिक कारोबार गरी अग्र स्थान ओगटेको छ  । बैकले २८ करोड ८६ लाख ५३ हजार रुपैयाँ बराबरको कारोबार गरेको छ । कम्पनीको सेयर प्रतिकित्ता ६ सय ५ रुपैयाँमा कारोबार भएको छ । त्यस्तै सर्वाधिक कारोबार गर्ने अन्य कम्पनीहरुमा चिलिमे हाइड्रोपावर, हिमालयन डिस्टिलरी, अप्पर तामाकोशी हाइड्रोपावर, नेपाल बैंक लिमिटेड, हिमालयन जनरल इन्स्योरेन्स, बुटवल पावर कम्पनी, रसुवागढी हाइड्रोपावर, अरुण कावेली पावर र नेशनल हाइड्रो पावर रहेका छन् । 

सर्वाधिक नाफा कमाउने कम्पनीहरु 

बजार चम्किँदा युनाइटेड इदी मर्दी, युनिभर्सल पावर कम्पनी लिमिटेड, चन्द्रागिरी हिल्स र चिलिमे जलविद्युत, वोमी लघुवित्त, महिला लघुवित्त वित्तीय संस्था, एनआईसी एसिया लघुवित्त, सान्जेन जलविद्युत, शिव श्री हाइड्रोपावर र पन्चकन्या माइ हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक नाफा कमाएका छन् ।

सर्वाधिक घाटा व्यहोर्ने कम्पनीहरु 

त्यस्तै सर्वाधिक गुमाउने कम्पनीहरुमा साल्ट ट्रेडिङ कर्पोरेसन, सानिमा जनरल इन्स्योरेन्स, अजोड इन्स्योरेन्स, यूनाइटेड फाइनान्स, जनरल इन्स्योरेन्स, आइएमइ जनरल इन्स्योरेन्स, प्रोडेन्सियल इन्स्योरेन्स, यूनाइटेड इन्स्योरेन्स, गोर्खाज फाइनान्स लिमिटेड, लुम्बिनी जनरल इन्स्योरेन्स रहेका छन् ।  

आजको सेयर तालिका हेर्नुहोस्:- 

606c32c5e76c5.JPG 606c32c8d6647.JPG 606c32cb83779.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको