Like us!
Follow us!
Connect us!
Watch us!

नगद लाभांशले नेपाल टेलिकमका लगानीकर्ता वाक्क ! यस्तो छ १० वर्षको लाभांश इतिहास

अर्थ संसार

विहीबार, २६ चैत्र २०७७, ०० : ०० मा प्रकाशित

नगद लाभांशले नेपाल टेलिकमका लगानीकर्ता वाक्क ! यस्तो छ १० वर्षको लाभांश इतिहास

नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले सँधै नगद लाभांश मात्रै वितरण गर्छ । हालसम्म कम्पनीले बाेनस सेयर भने वितरण गरेकाे छैन । 

नेपाल टेलिकमले किन बाेनस गर्दैन भन्ने कुरा पनि धेरैकाे चासाेकाे विषय रहेकाे हुन्छ । कुनैपनी कम्पनीले पुँजी वृद्धि गर्नका लागी आफ्ना लगानीकर्ताहरूलाई बाेनस सेयर वितरण गर्ने गर्दछ । तर नेपाल टेलिकमसँग भने पर्याप्त पुँजी रहेकाे हुनाले यस कम्पनीले लाभांशकाे रूपमा नगद लाभांश मात्र वितरण गर्ने गर्दछ ।

कम्पनीले १० आर्थिक वर्षसम्ममा आफ्ना लगानीकर्ताहरूलाई ४ सय ८२ प्रतिशत नगद लाभांश वितरण गरिसकेको छ । जसमध्ये, कम्पनीले आर्थिक वर्ष २०७३/७४ र २०७४/७५ मा सबैभन्दा धेरै अर्थात् ५५ प्रतिशत नगद लाभांश  वितरण गरेको थियो भने आर्थिक वर्ष २०७६/७७ मा सबैभन्दा थोरै अर्थात् ४० प्रतिशत नगद लाभांश  वितरण गरेको छ ।

१० आर्थिक वर्षमा कम्पनीले नगद लाभांशको रूपमा आफ्ना लगानीकर्ताहरूलाई एक कित्ता बराबर ४ सय ८२ रूपैयाँ वितरण गरेको छ । कम्पनीले साधारण सेयर (आईपीओ) निष्कासन गर्दा प्रिमियमसहित प्रतिकित्ता ६ सय रूपैयाँमा बिक्री गरेकाे थियाे । 

हाल दाेश्राे बजारमा कम्पनीकाे सेयरमूल्य प्रतिकित्ता एक हजार ३ सय भन्दा माथी छ ।

यस्तो छ नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको १० वर्षको नगद लाभांश इतिहास :

१. आर्थिक वर्ष २०६७/६८ : आर्थिक वर्ष २०६७/६८ मा कम्पनीले आफ्ना सेयरधनीहरूलाई ४५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

२. आर्थिक वर्ष २०६८/६९ : आर्थिक वर्ष २०६८/६९ मा कम्पनीले आफ्ना सेयरधनीहरूलाई ४८ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

३. आर्थिक वर्ष २०६९/७० : आर्थिक वर्ष २०६९/७० मा कम्पनीले आफ्ना सेयरधनीहरूलाई ४६ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

४. आर्थिक वर्ष २०७०/७१ : आर्थिक वर्ष २०७०/७१ मा कम्पनीले आफ्ना सेयरधनीहरूलाई ४७ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

५. आर्थिक वर्ष २०७१/७२ : आर्थिक वर्ष २०७१/७२ मा कम्पनीले आफ्ना सेयरधनीहरूलाई ५० प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

६. आर्थिक वर्ष २०७२/७३ : आर्थिक वर्ष २०७२/७३ मा कम्पनीले आफ्ना सेयरधनीहरूलाई ५१ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

७. आर्थिक वर्ष २०७३/७४ : आर्थिक वर्ष २०७३/७४ मा कम्पनीले आफ्ना सेयरधनीहरूलाई ५५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

८. आर्थिक वर्ष २०७४/७५ : आर्थिक वर्ष २०७४/७५ मा कम्पनीले आफ्ना सेयरधनीहरूलाई ५५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

९. आर्थिक वर्ष २०७५/७६ : आर्थिक वर्ष २०७५/७६ मा कम्पनीले आफ्ना सेयरधनीहरूलाई ४५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

१०. आर्थिक वर्ष २०७६/७७ : आर्थिक वर्ष २०७६/७७ मा कम्पनीले आफ्ना सेयरधनीहरूलाई ४० प्रतिशत नगद लाभांश वितरण गरेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको