Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजारमा झिनो अंकको गिरावट, कारोबारमा निफ्राको अग्रता कायमै

नेप्से

बुधबार, २५ चैत्र २०७७, १५ : ३९ मा प्रकाशित

सेयर बजारमा झिनो अंकको गिरावट, कारोबारमा निफ्राको अग्रता कायमै

निरन्तर रेकर्ड ब्रेक गर्दै आएको सेयर बजारमा आज (बुधबार) करेक्सन आएको छ । आज सेयर बजारमा झिनो अंकको गिरावट आएको हो ।विगत केहि दिनदेखि निरन्तर उकालो यात्रा तय गरेको बजारमा आज थोरै गिरावट देखिएको छ । आज सेयर कारोबार मापक नेप्से परिसूचक २.८९ अंकले घटेर २६७१.६१ को बिन्दुमा पुगेको छ ।

प्रि-सेसन कारोबारमा २०.०७ अंकले बढेर २६९४.५४ विन्दुमा पुगेर नयाँ रेकर्ड बनाएको नेप्से परिसूचक उतारचढावकाबीच बजार बन्द हुँदा २.८९ घटेर २६७१.६१ को बिन्दुमा पुगेर रोकिएको हो ।

उता सेन्सेटिभ परिसूचक भने ०.७२ अंकले बढेर ४१७.८० को बिन्दुमा पुगेको छ । आज नेप्सेमा सूचिकृत २ सय १५ वटा कम्पनीको सेयर कारोबार भएको छ । कूल २ सय १५ वटा कम्पनीकाे एक कराेड ६३ लाख ६६ हजार ४ सय ७२ कित्ता सेयर खरिदबिक्री हुँदा ७ अर्ब १४ करोड ९० लाख ४८ हजार २ सय ९ रुपैयाँको कारोबार भएकाे छ । कारोबार रकम पनि सामान्य गिरावट आएको छ । मंगलबार ७ अर्ब ३३ करोड एक लाख ६८ हजार ७ सय ८० रुपैयाँ बराबरको कारोबार भएको थियो  ।

स्टकका अनुसार बुधबार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज ६ वटा उपसमूहकाे सेयर बढेकाे छ भने बाँकी ७ वटा उपसमूहकाे सेयर घटेकाे छ । 

व्यापार समूह १६३ अंकले घटेको छ भने जलविद्युत् ३३ दशमलव ०३ अंकले घटेको छ । निर्जिवन बीमा समूह, उत्पादन मूलक जीवन बीमा र लगानी समूहमा रहेको कम्पनीहरुको पनि सेयर मूल्य घटेको छ ।

त्यस्तै, बैंकिङ समूह, होटल तथा पर्यटन, विकास बैंक, फाइनान्स, लघुवित्त र म्युचुअल फण्ड समूहको  सेयरमूल्य बढेको छ ।

सर्वाधिक कारोबार गर्ने १० कम्पनीहरु 

बुधबार काराेबार रकमकाे आधारमा पनि नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड नै अग्र स्थानमा छ । २७ करोड ६३ लाख २५ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । कम्पनीको सेयर प्रतिकित्ता ५ सय ९२ रुपैयाँमा कारोबार भएको छ। त्यसैगरी, क्रमशः चिलिमे हाइड्रो, छिमेक लघुवित्त, वोमी लघुवित्त, नेपाल टेलिकम, नेपाल लाइफ इन्स्योरेन्स, हिमाल दोलखा हाइड्रोपावर, रसुवागढी हाइड्रोपावर, चन्द्रागिरी हिल्स र उअपर तामाकोशीले सर्वाधिक कारोबार गरेको छ ।

सर्वाधिक नाफा गर्ने कम्पनीहरु 
त्यसैगरी, बुधबार महिला लघुवित्त, चन्द्रागिरी हिल्स, एनआइसी एशिया लघुवित्त, रिलायन्स फाइनान्स, युनिभर्सल पावर, ज्योति लाइफ इन्स्योरेन्स, खानीखोला हाइड्रोपावर, हिमाल दोलखा हाइड्रोपावर, ज्योति विकास बैंक र सुर्योदय लघुवित्तका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् ।

घाटा व्यहोर्ने कम्पनीहरु 
त्यसैगरी, आज सर्वाधिक सेयर मूल्य घट्ने अन्य कम्पनीहरुमा क्रमश:  रैराङ हाइड्रोपावर डेभलपमेण्ट कम्पनी, यूनाइटेड इदी-मर्दी एण्ड आर.वि हाइड्रोपावर लिमिटेड, पाँचथर पावर कम्पनी लिमिटेड, सानिमा जनरल इन्स्योरेन्स कम्पनी लिमिटेड, माउन्टेन हाइड्रो नेपाल लिमिटेड, हिमालयन पावर पार्टनर लिमिटेड, राधी विद्युत कम्पनी लिमिटेड, ङादी ग्रुप पावर लिमिटेड, पञ्चकन्या माई हाइड्रोपावर लिमिटेड र नेशनल हाइड्रोपावर कम्पनी लिमिटेड  रहेका छन् । 

आजको सेयर तालिका हेर्नुहोस्:-

606d8348dd84e.JPG 606d834bd7501.JPG 606d834e56743.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको