Like us!
Follow us!
Connect us!
Watch us!

सिंगटी हाइड्रोको प्रि अलोटमेन्ट हुँदै, बाँडफाडको साईत पनि जुर्यो !

अर्थ संसार

बुधबार, २५ चैत्र २०७७, १५ : ४६ मा प्रकाशित

सिंगटी हाइड्रोको  प्रि अलोटमेन्ट हुँदै, बाँडफाडको साईत पनि जुर्यो !

सिंगटी हाइड्राे इनर्जी कम्पनी लिमिटेडले चैत्र ६ गते, शुक्रबारदेखि चैत्र १० गते, मंगलबारसम्म निष्कासन तथा बिक्री खुल्ला गरेकाे साधारण सेयर (आईपीओ) चैत्र २७ गते शुक्रबार बाँडफाँड हुने भएकाे छ । उक्त आईपीओकाे प्रि अलोटमेन्ट आज (बुधबार) हुँदैछ ।

कम्पनीको आईपीओमा अन्तिम दिनसम्म १६ लाख ३५ हजार ५ सय ३७ जना आवेदकबाट २ अर्ब ४६ करोड ६५ लाख ६४ हजार रुपैयाँ  बराबरको २ करोड ४६ लाख ६५ हजार ६ सय ४० कित्ताका लागि आवेदन दिएका छन् । याे सर्वसाधारणका लागि निष्कासन गरिएकाे भन्दा ९ दशमलव ३४ गुणा बढी हो  ।  

मागभन्दा धेरै आवेदन परेकाे हुनाले उक्त आईपीओ गाेलाप्रथाद्वारा बाँडफाँड हुनेछ । ग्राेलाप्रथाबाट वितरण गर्दा २ लाख ६४ हजार जना आवेदकले १० कित्ताका दरले सेयर हात पार्नेछन् भने बाँकी १३ लाख ७१ हजार ५ सय ३७ जनाको हात खाली हुनेछ  । 

कम्पनीले  प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा २९ लाख कित्ता साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गरेकाे थियो । जसमध्ये ५ प्रतिशत अर्थात १ लाख ५४ हजार कित्ता सामूहिक लगानी कोषका लागि, २ प्रतिशत अर्थात ५८ हजार कित्ता कर्मचारीहरुका लागि र बाँकी २६ लाख ९७ हजार कित्ता सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएकाे छ ।

WACC/EDIS गर्नै पर्ने हो? सिस्टमको धोका,लगानीकर्ता मारमा किन? Purna Psd Acharya,CEO, CDS & Clearing

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको