Like us!
Follow us!
Connect us!
Watch us!

दाेश्राे बजारमा कहिले खुल्छ सिंगटी हाइड्राेकाे काराेबार ? यस्तो छ तयारी

अर्थ संसार

मंगलबार, ०७ बैशाख २०७८, १४ : ५० मा प्रकाशित

दाेश्राे बजारमा कहिले खुल्छ सिंगटी हाइड्राेकाे काराेबार ? यस्तो छ तयारी

सिंगटी हाइड्राे इनर्जी कम्पनी लिमिटेडकाे आईपीओ यसै साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचिकृत हुने भएकाे छ ।

कम्पनीले सेयर सूचिकरणका लागि सिडिएससीमा निवेदन दिइसकेकाे बताउँदै  सेयर रजिष्ट्रार मेगा क्यापिटलले पनि आज नै नेप्सेमा निवेदन पेश गर्ने तयारी गरिरहेकाे सिंगटी हाइड्राे इनर्जी कम्पनी लिमिटेडका सुदिप खड्काले अर्थ संसारलाई जानकारी दिएका छन् ।

कम्पनीले चैत्र ६ गते, शुक्रबारदेखि चैत्र १० गते, मंगलबारसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा २९ लाख कित्ता साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गरेकाे थियो । जसमध्ये ५ प्रतिशत अर्थात १ लाख ५४ हजार कित्ता सामूहिक लगानी कोषका लागि, २ प्रतिशत अर्थात ५८ हजार कित्ता कर्मचारीहरुका लागि र बाँकी २६ लाख ९७ हजार कित्ता सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएकाे थियाे ।

कम्पनीकाे आईपीओमा १५ लाख ६५ हजार ५ सय ३० जनाको आवेदन परेको थियाे । जसमध्ये, ५ हजार ७ सय २८ जना आवेदकाे आवेदन रद्द भएकाे थियाे र बाँकी १५ लाख ५९ हजार ८ सय २ जना मात्र योग्य आवेदक रहेका थिए । गाेलाप्रथाद्वारा गरिएकाे बाँडफाँडमा २ लाख ६९ हजार ७ सय जना आवेदकले १० कित्ताका दरले सेयर हात पारेका थिए भने बाँकी १२ लाख ९५ हजार ८ सय ३० जना आवेदकहरू भने सेयर पाउनबाट वञ्चित भएका थिए । 

नेप्सेले कम्पनीकाे पहिलो कारोबारका लागि प्रति सेयर न्युनतम १०० रूपैयाँदेखि अधिकतम ३०० रुपैयाँसम्म ओपनिङ रेञ्ज निर्धारण गर्ने सम्भावना रहेकाे छ । नेप्सेले हरेक कम्पनीकाे पहिलो कारोबारको लागि नेटवर्थको तीन गुणासम्म ओपनिङ रेञ्ज ताेक्ने गर्दछ ।

सेबाेनमा प्रकाशन भएकाे विवरण पत्र अनुसार सिंगटी हाइड्राे इनर्जी कम्पनी लिमिटेडकाे आर्थिक वर्ष २०७६/७७ को  प्रतिसेयर नेटवर्थ १०० रूपैयाँ रहेको छ । साेही नेटवर्थकाे ३ गुणा ३०० रुपैयाँ हुन्छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको