नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आज (वैशाख १४ गते, मंगलबार) सिंगटी हाइड्राे इनर्जी कम्पनी लिमिटेडकाे साधारण सेयर (आईपीओ) सूचिकृत भएको छ ।
स्टकको अनुसार कम्पनीकाे एक करोड ४५ लाख कित्ता साधारण सेयर (आईपीओ) सूचिकृत भएको हो । नेप्सेले कम्पनीकाे पहिलो कारोबारका लागि न्युनतम १०० रूपैयाँदेखि अधिकतम ३०० रूपैयाँसम्मको कारोबार रेञ्ज प्रदान गरेको छ ।
कम्पनीले दाेश्राे बजारमा काराेबारका लागि SHEL सिम्बाेल पाएकाे छ ।
कम्पनीले चैत्र ६ गते, शुक्रबारदेखि चैत्र १० गते, मंगलबारसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा २९ लाख कित्ता साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गरेकाे थियो । जसमध्ये ५ प्रतिशत अर्थात १ लाख ५४ हजार कित्ता सामूहिक लगानी कोषका लागि, २ प्रतिशत अर्थात ५८ हजार कित्ता कर्मचारीहरुका लागि र बाँकी २६ लाख ९७ हजार कित्ता सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएकाे थियाे ।
नेप्सेले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :
                                                                                                                    
                            
                         
                        अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
                                गुनासो,
                                सूचना तथा सुझाव
                                भए हामीलाई
                                [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
                                पनि
                                हामीसँग
                                जोडिन सकिनेछ । हाम्रो *युटुब
                                च्यानल पनि
                                हेर्नु होला।
                     
                                                                
प्रतिक्रिया दिनुहोस