Like us!
Follow us!
Connect us!
Watch us!

सिंगटी हाइड्रोको आईपीओ रिजल्ट हेर्न कुर्नुपर्ने !

अर्थ संसार

शुक्रबार, २७ चैत्र २०७७, १२ : २० मा प्रकाशित

सिंगटी हाइड्रोको आईपीओ रिजल्ट हेर्न कुर्नुपर्ने !

सिंगटी हाइड्रो इनर्जी कम्पनी लिमिटेडले जारी गरेको साधारण सेयर (आईपीओ) आज (शुक्रबार) बाँडफाँड भएको छ । कम्पनीको आईपीओ आज  विहान ११ बजे  बिक्री प्रबन्धक मेगा क्यापिटलको कार्यालय त्रिपुरेश्वरमा बाँडफाँड भएको हो । 

गोलाप्रथाबाट बाँडफाँड भएको आईपीओमा लगानीकर्ता लक्ष्मण श्रेष्ठले बल तानेका थिए । बल तान्दा लम्की नम्बर ५ आएको थियो ।  बाँडफाँड सम्पन्न भएपनि रिजल्ट हेर्न लगानीकर्ताले केहि घण्टा कुर्नुपर्ने भएको छ  । आईपीओको नतिजा मेरो सेयरमा अपडेट गर्न  समय लाग्ने भएकोले बाँडफाँड भएको ४ र ५ घण्टापछि मात्र मेरो सेयरबाट हेर्न सकिने बिक्री प्रबन्धकले जनाएको छ ।  

आईपीओमा मागभन्दा धेरै आवेदन परेकोले गोलाप्रथाद्वारा बाँडफाँड  गरिएको  छ । गोलाप्रथाबाट वितरण गर्दा २ लाख ६९ हजार ७ सय जना आवेदकले १० कित्ताका दरले सेयर हात पारेका छन् भने बाँकी १२ लाख ९५ हजार ८ सय ३० जनाको हात खाली भएको छ  । 
  
कम्पनीकाे आईपीओमा १५ लाख ६५ हजार ५ सय ३० जनाको आवेदन परेको थियाे । जसमध्ये, ५ हजार ७ सय २८ जना आवेदकाे आवेदन रद्द भएकाे थियाे र बाँकी १५ लाख ५९ हजार ८ सय २ जना मात्र योग्य आवेदक रहेका थिए । 

IPO निकालेको Singati Hydroका कार्यकारी संचालकलाई प्रश्न: किन बढ्यो परियोजनाको लागत? लाभाश कहिले ?

कम्पनीले  प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा चैत्र ६ गतेदेखि चैत्र १०सम्म  २९ लाख कित्ता साधारण सेयर ९आईपीओ० निष्कासन तथा बिक्री खुल्ला गरेको थियो ।
जसमध्ये ५ प्रतिशत अर्थात १ लाख ५४ हजार कित्ता सामूहिक लगानी कोषका लागि, २ प्रतिशत अर्थात ५८ हजार कित्ता कर्मचारीहरुका लागि र बाँकी २६ लाख ९७ हजार कित्ता सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएको छ ।

कसरी हेर्ने नतिजा ?
कम्पनीकाे आइपिओको नजिता सिडिएस एण्ड क्लियरिङ लिमिटेडले सञ्चालनमा ल्याएकाे www.iporesult.cdsc.com.np नामक वेभसाइटबाट  हेर्न सकिनेछ । यसका साथै, निष्कासन तथा बिक्री प्रबन्धक मेगा क्यापिटल लिमिटेड र सिंगटी हाइड्राे इनर्जी कम्पनी लिमिटेडकाे वेभसाइटबाट पनि  नजिता हेर्न सकिनेछ ।

यसअघि आर्थिक सञ्चार माध्यमहरूले पनि नतिजा प्रकाशन गर्दै आइरहेकामा हालै मात्र सिडिएस एण्ड क्लियरिङ लिमिटेडले लगानीकर्ताहरूकाे गाेपनियतालाई ध्यानमा राख्दै अनलाइन सञ्चार माध्यमहरूले नतिजा प्रकाशन  गर्न नपाउने नियम बनाएकाे हाे ।

सिंगटी हाइड्रोको आईपीओ बाँडफाँड, लक्की नम्बर ५

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको