Like us!
Follow us!
Connect us!
Watch us!

बिहीबार बढ्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?

अर्थ संसार

विहीबार, २६ चैत्र २०७७, ११ : १५ मा प्रकाशित

बिहीबार बढ्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?

आज (बिहीबार) नेपाली बजारमा सुनको मूल्यले उकालो यात्रा तय गरेको छ । 

हिजो (बुधबार) तोलाको ८८ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज बिहीबार १ हजार रुपैयाँले बढेर तोलाको ८९ हजार रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

त्यसैगरी, तेजावी सुनको मूल्य आज ८८ हजार ५ सय ५० रुपैयाँ कायम भएको छ । हिजो तेजावी सुनको मूल्य ८७ हजार ५ सय ५० रुपैयाँ कायम भएको थियो । 

त्यसैगरी, आज चाँदीको मूल्य पनि बढेको छ । हिजो बुधबार तोलाको १ हजार २ सय ४५ रुपेैयाँमा कारोबार भएको चाँदीको मूल्य आज १५ रुपैयाँले बढेर तोलाको १ हजार २ सय ६० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।  
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको