Like us!
Follow us!
Connect us!
Watch us!

आज पनि बढ्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?

अर्थ संसार

शुक्रबार, २७ चैत्र २०७७, १० : ४९ मा प्रकाशित

आज पनि बढ्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?

आज (शुक्रबार) पनि नेपाली बजारमा सुनको मूल्यले उकालो यात्रा तय गरेको छ । 

हिजो (बिहीबार) तोलाको ८९ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज शुक्रबार ९ सय रुपैयाँले बढेर तोलाको ८९ हजार ९ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो पनि सुनको मूल्य बढेको थियो ।

त्यस्तै, तेजावी सुनको मूल्य आज ८९ हजार ४ सय ५० रुपैयाँ कायम भएको छ । हिजो तेजावी सुनको मूल्य ८८ हजार ५ सय ५० रुपैयाँ कायम भएको थियो । 

त्यसैगरी, आज चाँदीको मूल्य पनि बढेको छ । हिजो बिहीबार तोलाको १ हजार २ सय ६० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज २० रुपैयाँले बढेर तोलाको १ हजार २ सय ८० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।  
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको