Like us!
Follow us!
Connect us!
Watch us!

साताभरीमा २५ सयले उकालियो सुनको मूल्य

अर्थ संसार

शुक्रबार, २७ चैत्र २०७७, १४ : ५३ मा प्रकाशित

साताभरीमा २५ सयले उकालियो सुनको मूल्य

नेपाली बजारमा यस साता सुनचाँदीको मूल्यले उकालो यात्रा तय गरेको छ । अघिल्लो साताको शुक्रबार तोलाको ८७ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य यस साताको शुक्रबारसम्म आइपुग्दा तोलामा २ हजार ५ यस रुपैयाँले बढेर ८९ हजार ९ सय रुपैयाँ कायम भएको छ । 

त्यसैगरी, अघिल्लो साताको शुक्रबार तेजावी सुनको मूल्य तोलाको ८६ हजार ९ सय ५० रुपैयाँमा कारोबार भएको थियो भने यस साताको शुक्रबारसम्म आइपुग्दा तोलामा २ हजार ५ यस रुपैयाँले बढेर ८९ हजार ४ सय ५० कायम भएको छ । 

त्यस्तै, यस साता चाँदीको मूल्य पनि बढेको छ । गएको शुक्रबार तोलाको १ हजार २ सय ४० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य सय साताको शुक्रबारसम्म आइपुग्दा तोलामा ४० रुपैयाँले बढेर १ हजार २ सय ८० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासघंले जनाएको छ । 
 

60701ce811c30.PNG 60701cef7b454.PNG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको