Like us!
Follow us!
Connect us!
Watch us!

इमर्जिङ्ग नेपालले आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल

अर्थ संसार

आइतबार, २९ चैत्र २०७७, १० : २९ मा प्रकाशित

इमर्जिङ्ग नेपालले आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल

इमर्जिङ्ग नेपाल लिमिटेडले सर्वसाधारणमा शेयर निष्काशन गर्ने भएको छ । कम्पनीले १०० रुपैंया अंकित मूल्यको दरमा ५ करोड ५५ लाख ६० हजार रुपैयाँ बराबरको ५ लाख ५५ हजार ६०० कित्ता साधारण शेयर सर्वसाधारणमा निष्काशन गर्न लागेको हो । कम्पनीले कर्मचारीलाई सहित उक्त परिमाणको शेयर जारी गर्न लागेको हो ।

कम्पनीले साधारण सभाबाट साधारण शेयर निष्काशन गर्ने प्रस्ताव पारित गरेसँगै निष्काशनको प्रकृया अघि बढाएको हो ।

कम्पनीले शेयर निष्काशन गर्नका लागि निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटललाई नियुक्त गरेको छ । सो सम्बन्धमा कम्पनी र एनआईसी एशिया क्यापिटलका बिचमा सम्झौता भएको छ । सम्झौतामा एन आई सी एसिया क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत रमेन्द्र रायमाझी र ईमर्जिङ्ग नेपाल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत डा विनोद आत्रेयले हस्ताक्षर गरेका छन् ।

Bullish trend अझै सुरु भएको छैन l सेयर किन्दा राम्रा कम्पनी छनोट कसरी गर्ने? Samarkshyana Chaudhary

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको