Like us!
Follow us!
Connect us!
Watch us!

सुनको मूल्य बढ्यो, कति पुग्यो तोलाको ?

अर्थ संसार

विहीबार, ०२ बैशाख २०७८, ११ : २२ मा प्रकाशित

सुनको मूल्य बढ्यो, कति पुग्यो तोलाको ?

आज (बिहीबार) नेपाली बजारमा सुनको मूल्यले उकालो यात्रा तय गरेको छ । 

गएको (मंगलबार) तोलाको ८९ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज बिहीबार ३ सय रुपैयाँले बढेर तोलाको ८९ हजार ८ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

त्यसैगरी, तेजावी सुनको मूल्य आज ८९ हजार ३ सय ५० रुपैयाँ कायम भएको छ । गएको मंगलबार तेजावी सुनको मूल्य ८९ हजार ५० रुपैयाँ कायम भएको थियो । 

त्यसैगरी, आज चाँदीको मूल्य पनि बढेको छ । गत मंगलबार तोलाको १ हजार २ सय ६० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज ३० रुपैयाँले बढेर तोलाको १ हजार २ सय ९० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको