Like us!
Follow us!
Connect us!
Watch us!

नयाँ वर्षको सुरुवातमै सेयर बजारमा उछाल, ९ कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा

अर्थ संसार

विहीबार, ०२ बैशाख २०७८, १३ : ०२ मा प्रकाशित

नयाँ वर्षको सुरुवातमै सेयर बजारमा उछाल, ९ कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा

नयाँ वर्षको सुरुवातमै सेयर बजारमा उछाल आएको छ । आज नयाँ वर्षको दोस्रो दिन (बिहिबार) कारोबार २ घण्टाको अवधिमा ९ कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । नयाँ वर्ष २०७८ पछी पहिलो दिन खुलेको बजारमा पनि नयाँ उत्साह देखिएको छ । हिजो १ गते सार्वजनिक बिदा थियो । त्यसैले सेयर बजार पनि बन्द थियो । 

हालसम्म एनआईसी एशिया लघुवित्त, ज्योति लाइफ इन्स्योरेन्स, महिला लघुवित्त, सिन्धु विकास बैंक, चन्द्रागिरी हिल्स लिमिटेड लगायत कम्पनिहरुको सेयरमूल्य ९ प्रतिशतभन्दा धेरै बढेको हो । 
यो समाचार तयार पार्दासम्म नेप्से परिसूचक ३८.१८ अंकले बढेर २७५२.९७ अंकले बढेको छ ।  नेप्से परिसूचकको यो बिन्दु सर्वाधिक उच्च हो ।  त्यस्तै सेन्सेटिभ ९.१७ अंकले बढेर ४९५.४४ अंकमा पुगेको छ । 

6077e8d959666.png

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको