Like us!
Follow us!
Connect us!
Watch us!

नेप्से नयाँ उचाईमा पुग्दा यी कम्पनीका लगानीकर्ता भए मालामाल

नेप्से

विहीबार, ०२ बैशाख २०७८, १५ : २३ मा प्रकाशित

नेप्से नयाँ उचाईमा पुग्दा यी कम्पनीका लगानीकर्ता भए मालामाल

वि.सं २०७८ सालकाे पहिलाे काराेबार दिन आज (वैशाख २ गते, बिहीबार) पनि सेयर बजारले अर्को नयाँ उचाई बनाएकाे छ । बिहीबार सेयर बजार २७३५.४६ विन्दुमा पुगेकाे छ । याे हालसम्म कै उच्च विन्दु हाे । 

बिहबार बजार नयाँ उचाईमा पुग्दा बेष्ट फाइनान्स कम्पनी लिमिटेडका लगानीकर्ताहरू सबैभन्दा धेरै आम्दानी गरेका छन् । फाइनान्सकाे सेयरमूल्य १० प्रतिशतले बढेर १ सय ८७ रूपैयाँ पुगेकाे हाे ।

त्यसप्रश्चात् क्रमश : एनआईसी एशिया लघुवित्त, ज्योति लाइफ इन्स्योरेन्स, महिला लघुवित्त, ग्रीन डेभलपमेन्ट बैंक, छ्याङ्दी हाइड्राेपावर, कर्णाली डेभलपमेन्ट बैंक, सप्तकाेशी डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक र प्राेग्रेशिभ फाइनान्सका शेयरधनीहरूले सबैभन्दा धेरै आम्दानी गरेका छन् । 

6078083b587b9.jpg


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको