Like us!
Follow us!
Connect us!
Watch us!

लुम्बिनी विकास बैंकका लगानीकर्ता एक सातामै मालामाल, कति कमाए ?

अर्थ संसार

शुक्रबार, २१ जेठ २०७८, १५ : १० मा प्रकाशित

लुम्बिनी विकास बैंकका लगानीकर्ता एक सातामै मालामाल, कति कमाए ?

यस साता लुम्बिनी विकास बैंक लिमिटेडका लगानीकर्ता मालामाल भएका छन् । याे साता सर्वाधिक नाफा कमाउनेकाे सूचीमा लुम्बिनी विकास बैंक लिमिटेडका लगानीकर्ता अग्र स्थानमा रहेका छन् । 

साताभरमा बैंककाे सेयरमूल्य ४५ दशमलव ०३ प्रतिशतले बढेर ४ सय ९६ रूपैयाँ पुगेको छ । गत साताकाे अन्तिम दिन बिहीबार बैंककाे सेयरमूल्य ३ सय ४२ रूपैयाँ कायम रहेकाे थियाे ।

कुन बैंकको  वितरणयोग्य मुनाफा कति ? कति पाउलान् सेयरधनीले लाभांश ?

बैंककाे याे तथ्यांक हेर्दा एक सातामा कम्पनीका लगानीकर्ताले प्रतिकित्ता एक सय २७ रुपैयाँका दरले कमाएका छन् । साताभर नै बैंककाे सेयरमूल्य बढ्दाे क्रममा थियाे ।

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा लुम्बिनी विकास बैंकले ४२ करोड ३७ लाख रुपैयाँ खुद नाफा कमाएकाे छ । चुक्ता पूँजी २ अर्ब ९० करोड रुपैयाँ रहेको बैंकको जगेडा कोषमा १ अर्ब ५५ करोड ४७ लाख रुपैयाँ सञ्चित छ। बैंकको वितरणयोग्य मुनाफा ३३ करोड १९ लाख रुपैयाँ रहेको छ।बैंकको प्रतिसेयर आम्दानी १९ रुपैयाँ ४४ पैसा, प्रतिसेयर नेटवर्थ १६५ रुपैयाँ ६७ पैसा र मूल्य आम्दानी अनुपात १४.६६ गुणा रहेको छ ।

नबिल बैंकका सेयरधनी हिजो पनि दङ्ग, आज पनि दङ्ग !

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको