Like us!
Follow us!
Connect us!
Watch us!

यी हुन् यस साता सबैभन्दा बढी मूल्य बढ्ने १० कम्पनी, कुनकाे कति बढ्याे ?

नेप्से

शनिबार, ०८ माघ २०७८, १३ : ४८ मा प्रकाशित

यी हुन् यस साता सबैभन्दा बढी मूल्य बढ्ने १० कम्पनी, कुनकाे कति बढ्याे ?

यस साता नेप्से परिसूचक ७३.५९ अंकले बढेर २९३१.३४ विन्दुमा रोकिएको छ । यस साता कुल बजार पूँजीकरण १ खर्ब ५ अर्ब ४० करोड ३६ लाख रूपैयाँले बढेर ४१ खर्ब ४२ अर्ब ५३ करोड रूपैयाँ पुगेकाे छ । याे साता औषतमा दैनिक ७.५६ अर्ब रुपैयाँको सेयर कारोबार भएको छ ।

यस साता सबैभन्दा धेरै नाफा कमाउने १० वटा कम्पनीहरूमा ७ वटा हाइड्राेपावर कम्पनीहरू रहेका छन् । सर्वाधिक नाफा कमाउनेकाे सूचीमा सामलिङ्ग पावर कम्पनी लिमिटेडका लगानीकर्ता अग्र स्थानमा छन् । साताभरमा कम्पनीकाे सेयरमूल्य ३९.१६ प्रतिशतले बढेर प्रतिकित्ता ७ सय ३२ रूपैयाँमा पुगी बन्द भएकाे छ । गत साताकाे अन्तिम दिन कम्पनीकाे सेयरमूल्य प्रतिकित्ता ५ सय २६ रूपैयाँ रहेकाे थियाे । कम्पनीले कार्तिक ४ गतेदेखि कार्तिक ८ गतेसम्म प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा ७ लाख ३० हजार कित्ता साधारण सेयर निष्कासन तथा बिक्री खुल्ला गरेको थियो । कम्पनीकाे ५० लाख कित्ता साधारण सेयर (आईपीओ) धिताेपत्र सूचीकरण विनियमावली, २०७५ बमाेजिम नेप्सेमा काराेबार हुन सक्ने गरी मंसिर ८ गते सूचीकृत भएको थियाे । दाेश्राे बजारमा कम्पनीकाे पहिलाे काराेबार मंसिर ९ गते प्रतिकित्ता २९६ रुपैयाँ ३० पैसामा भएकाे थियाे । 

यसैगरी, यस साता सबैभन्दा धेरै नाफा कमाउनेको दाेश्राे बुद्धभूमी नेपाल हाइड्राेपावर कम्पनी लिमिटेडका लगानीकर्ताहरू छन् । साताभरमा कम्पनीकाे सेयरमूल्य २८.२९ प्रतिशतले बढेर प्रतिकित्ता ३ सय १६ रूपैयाँ ५० पैसामा पुगी बन्द भएकाे छ । गत साताकाे अन्तिम दिन कम्पनीकाे सेयरमूल्य प्रतिकित्ता २ सय ४६ रूपैयाँ ७० पैसा रहेकाे थियाे । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता आईपीओ निष्कासन तथा बिक्री खुल्ला गरेको थियाे । माघ २ गते, आइतबार कम्पनीकाे ४० लाख कित्ता साधारण सेयर (आईपीओ) नेप्सेमा सूचिकृत भएकाे थियाे। दाेश्राे बजारमा कम्पनीकाे पहिलाे काराेबार माघ ४ गते, मंगलबार प्रतिकित्ता २४६ रुपैयाँ ७० पैसामा भएकाे थियाे । 

याे साता सबैभन्दा धेरै नाफा कमाउनेको तेश्राे नम्बरमा नम्बरमा मध्य भाेटेकाेशी जलविद्युत कम्पनी लिमिटेडका लगानीकर्ताहरू छन् । साताभरमा कम्पनीकाे सेयरमूल्य २६.३२ प्रतिशतले बढेर प्रतिकित्ता ४ सय ७९ रूपैयाँमा पुगी बन्द भएकाे छ । गत साताकाे अन्तिम दिन कम्पनीकाे सेयरमूल्य प्रतिकित्ता ३ सय ७९ रूपैयाँ २० पैसा रहेकाे थियाे । मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडले असाेज २० गते, बुधबारबाट असाेज २५ गते, साेमबारसम्म प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा ९० करोड रुपैयाँ बराबरको ९० लाख कित्ता साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गरेकाे थियाे । कम्पनीकाे ६ कराेड कित्ता साधारण सेयर (आईपीओ) पुस ८ गते धिताेपत्र सूचीकरण विनियमावली, २०७५ बमाेजिम नेप्सेमा काराेबार हुन सक्ने गरी सूचीकृत भएको थियाे ।  दाेश्राे बजारमा कम्पनीकाे पहिलाे काराेबार पुस ११ गते प्रतिकित्ता १०० रुपैयाँमा भएकाे थियाे । 

तेह्रथुम पावर कम्पनी लिमिटेडका लगानीकर्ता सर्वाधिक नाफा कमाउने कम्पनीकाे चाैँथाे नम्बरमा छन् । साताभरमा कम्पनीकाे सेयरमूल्य २३.९४ प्रतिशतले बढेर प्रतिकित्ता ६ सय ३५ रूपैयाँ ८० पैसामा पुगेकाे छ । गत साताकाे अन्तिम दिन कम्पनीकाे सेयरमूल्य प्रतिकित्ता ५ सय १३ रूपैयाँ थियाे । 

त्यसैगरी, याे साता धेरै नाफा कमाउने कम्पनीहरूकाे पाचाैँ नम्बरमा सिंगटी हाइड्राेपावर कम्पनी लिमिटेडका लगानीकर्ता छन् । साताभरमा कम्पनीकाे सेयरमूल्य १५.६० प्रतिशतले बढेर प्रतिकित्ता ५ सय ४ रूपैयाँमा पुगेकाे छ । गत साताकाे अन्तिम दिन कम्पनीकाे सेयरमूल्य प्रतिकित्ता ४ सय ३६ रूपैयाँ थियाे ।

त्यसपश्चात् सार्वाधिक नाफा कमाउने अन्य ५ कम्पनीहरूमा क्रमश बरूण हाइड्राेपावर, ग्लोबल आइएमई सम्मुनत याेजना १, किसान लघुवित्त वित्तीय संस्था लिमिटेड, सूर्या लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेड र हिमालयन उर्जा रहेका छन् ।

साताभरमा बरूण हाइड्राेपावरकाे मूल्य ११.९५ प्रतिशतले बढेर ५ सय ७७ रूपैयाँ, ग्लोबल आइएमई सम्मुनत याेजना १ काे मूल्य ११.८६ प्रतिशतले बढेर १२ रूपैयाँ ३६ पैसा, किसान लघुवित्त वित्तीय संस्था लिमिटेडकाे मूल्य ११.२५ प्रतिशतले बढेर एक हजार ७ सय १ रूपैयाँ, सूर्या लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेडकाे मूल्य ११.०५ प्रतिशतले बढेर प्रतिकित्ता ८ सय ७३ रूपैयाँ र हिमालयन उर्जाकाे मूल्य १०.८६ प्रतिशतले बढेर प्रतिकित्ता ५ सय ३१ रूपैयाँ पुगेकाे छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको