Like us!
Follow us!
Connect us!
Watch us!

हाइड्रोपावर र बीमा कम्पनीमा लगानीकर्ताको आकर्षण, यी कम्पनीका लगानीकर्ता भए मालामाल

नेप्से

मंगलबार, ११ जेठ २०७८, १५ : ३० मा प्रकाशित

हाइड्रोपावर र बीमा कम्पनीमा लगानीकर्ताको आकर्षण, यी कम्पनीका लगानीकर्ता भए मालामाल

मंगलबार सेयर बजार सामान्य अंकले घटेकाे छ । मंगलबार सेयर कारोबार मापक नेप्से परिसूचक ६.५० अंकले घटेर २८१६.५६ विन्दुमा पुगेकाे छ । नेप्से ०.२३ प्रतिशतले घटेकाे हो । यस्तै सेन्सेटिभ परिसूचक ४.५१ अंकले घटेर ५०३.९९ मा पुगेको छ । कूल २१९ वटा कम्पनीकाे २ कराेड ३४ लाख ६५ हजार ६ सय ७५ कित्ता सेयर खरिदबिक्री हुँदा ११ अर्ब १३ करोड ३३ लाख ९८ हजार एक सय ८ रुपैयाँको कारोबार भएकाे छ ।

मंगलबार हाइड्रोपावर र बीमा कम्पनीमा लगानीकर्ताको बढी आकर्षण देखिएकाे छ । मंगलबार हाइड्रोपावर उपसमूहको सूचक २.२९ प्रतिशतले बढेको छ । जीवन बीमा उपसमूहको सूचक २.३८ प्रतिशतले बढेकाे छ । निजीवन बीमा उपसमूहको सूचक १.७६ प्रतिशतले बढेको छ।

सेयर बजारमा करेक्सन, ११ अर्ब माथिको कारोबार

यसदिन सबैभन्दा धेरै नाफा कमाउने कम्पनीहरूकाे पहिलाे सूचीमा बरूण हाइड्राेपावर कम्पनी लिमिटेड रहेकाे छ । कम्पनीकाे सेयरमूल्य ९.९५ प्रतिशतले बढेर ४ सय ८६ रूपैयाँ पुगेकाे छ ।

मंगलबार सबैभन्दा धेरै नाफा कमाउने कम्पनीहरूकाे दाेश्राे सूचीमा माउन्टेन हाइड्राे नेपाल लिमिटेड रहेकाे छ । कम्पनीकाे सेयरमूल्य ९.८६ प्रतिशतले बढेर ३ सय ७९ रूपैयाँ पुगेकाे छ ।

सर्वाधिक नाफा कमाउने कम्पनीहरूकाे तेश्राे सूचीमा युनिभर्सल पावर कम्पनी लिमिटेड रहेकाे छ । कम्पनीकाे सेयरमूल्य ९.८४ प्रतिशतले बढेर २ सय ७९ रूपैयाँ पुगेकाे छ ।

घलेम्दी हाइड्राेपावर कम्पनी लिमिटेडकाे सेयरमूल्य ९.७८ प्रतिशतले बढेर २ सय ४७ रूपैयाँ पुगेकाे छ । यसैगरी, मंगलबार दिव्यश्वरी हाइड्राेपावर कम्पनी लिमिटेडकाे सेयरमूल्य ८.९२ प्रतिशतले बढेर २ सय ३२ रूपैयाँ पुगेकाे छ ।

साधना लघुवित्त वित्तीय संस्था लिमिटेडकाे सेयरमूल्य ८.३९ प्रतिशतले बढेर एक हजार ८ सय ९९ रूपैयाँ पुगेकाे छ । आँखुखाेला जलविद्युत कम्पनी लिमिटेडकाे सेयरमूल्य ८.१८ प्रतिशतले बढेर २ सय ३८ रूपैयाँ पुगेकाे छ ।

आज अरूण काबेली पावर कम्पनी लिमिटेडकाे सेयरमूल्य ७.९५ प्रतिशतले बढेर ४ सय २१ रूपैयाँ पुगेकाे छ । गुराँस लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेडकाे सेयरमूल्य ७.७८ प्रतिशतले बढेर ८ सय ७३ रूपैयाँ पुगेकाे छ । राधी विद्युत कम्पनी लिमिटेडकाे सेयरमूल्य ७.०७ प्रतिशतले बढेर ९ सय ६९ रूपैयाँ पुगेकाे छ ।

60acc6ecc9301.jpg

यस साताकाे सेयर बजारकाे विश्लेषण :

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको